अख्तियारको प्रतिवेदन भन्छ : अधिकृत सबैभन्दा भ्रष्ट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदनले सरकारी कर्मचारीमध्ये अधिकृतस्तरका कर्मचारी सबैभन्दा घुस्याहा र भ्रष्ट भएको निष्कर्ष निकालेको छ ।

बिज्ञापन

अख्तियारले बर्षभरीमा ३९२ कर्मचारी उपर मुद्धा चलाउँदा अधिकृतस्तरका १७२ कर्मचारी फन्दामा परेका हुन । सरकारी कार्यालयका भवनमा ढोका र भर्याङमै ‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न’ लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र भ्याएसम्म लामो हात गर्ने,कर्मचारीको प्रवृत्तिलाई अख्तियारले उदांगो पारेको छ ।

बिज्ञापन

गत आवमा भ्रष्टाचार प्रकरणमा एक जना सचिव,सहसचिव २४,उपसचिव २४ र शाखा अधिकृत १७२ जना रहेका छन् भने सहायकस्तरका १४१ जना रहेको अख्तियारले जनाएको छ । अख्तियारले बर्षभरीमा ३९२ जना कर्मचारी उपर मुद्धा चलाएकोमा सबैभन्दा बढी भ्रष्ट अधिकृत तहका कर्मचारी रहेको फेला परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्षभर्षभरीमा भ्रष्टाचारजन्य कसुरमा १३५ वटा र सम्पत्ति शुद्धीकरण कसुरमा २ वटा गरी जम्मा १३७ वटा मुद्दा विशेष अदालतमा पु¥याएको जनाएको छ । जसमध्ये भ्रष्टाचारजन्य कसुरमा दायर भएका मुद्दामध्ये सबैभन्दा बढी अर्थात् ३७ वटा मुद्दा घुस रिसवतसम्बन्धी रहेका छन् । त्यसपछि क्रमशः गैरकानुनी लाभ हानिसम्बन्धी ३५ वटा, झुटा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसम्बन्धी २४ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ८ वटा, र विविध विषयका ४ वटा मुद्दा रहेका छन् ।

बिज्ञापन

अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनमा २० प्रतिवादीमध्ये ९ जना महिला प्रतिवादी छन् । उनीहरुसँग अख्तियारले १४ करोड ९७ लाख मागदावी लिएको छ । अख्तियारले बर्षभरमा ७५३ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाउँदा राष्ट्रसेवक कर्मचारीहरुमात्र ३९२ जना रहेका छन् । जसमध्ये सचिव १,सहसचिव २४,उपसचिव २४ र शाखा अधिकृत १७२ जना रहेका छन् भने सहायकस्तरका १४१ जना रहेको अख्तियारले जनाएको छ ।

गत बर्ष घुस र रिसवतसम्बन्धी ८७ वटा मुद्धा चलाउँदा प्रशासनतिरका २२,प्राविधिक १५,प्रहरी ४,शिक्षक ३,निर्वाचित २ र अन्य ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले प्रतिवादी बनाएकामध्ये उपसचिव वा सो सरहका १,शाखा अधिकृत १५,सहायक कर्मचरी २३,विद्यालय व्यवस्थापन समितिका १ र विचौलिया २८ जना फन्दामा परेका छन् ।

यस्तै अख्तियारीले गैरकानुनी लाभ हानिसम्बन्धी मुद्धामा २८८ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ । स्थानीय जनप्रतिनिधि १७,सहसचिव वा सो सरहका १०,राजनीतिक नियुक्ति पाएका २,उपसचिव वा सो सरहका १८,शाखा अधिकृत वा सो सरहका ९४,सहायक कर्मचारी ४७,उपभोक्ता व्यवस्थापन समितिका ४५ र मतियार ५५ जनाविरुद्ध अख्तियारले मुद्धा चलाएको छ ।

गृहले प्रतिवादी बनाएका २८८ जनामध्ये १९२ जना प्रतिवादी स्थानीय तहसँग सम्बन्धित,४९ जना स्वास्थ्यसँग,२१ जना कृषि तथा पुशपक्षीसँग सम्बन्धित,१३ जना सञ्चार,९ शिक्षा र ४ जना गृहसँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ ।

यस्तै अख्तियारले शैक्षिक योग्यतासँग सम्बन्धित नक्कली प्रमाणपत्रसँग सम्बन्धित २७ जना प्रतिवादीमध्ये राजनीतिक नियुक्ति पाएका २,उपसचिव वा सो सरहका २,शाखा अधिकृत वा सो सरहका ९,सहायक स्तरका १४ लाई प्रतिवादी बनाएको छ,अख्तियारले ।

यस्तै सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याउने ३०१ प्रतिवादीलाई मुद्धा चलाइएकोमा पूर्व प्रधानन्त्री १,संघीयमन्त्री २,प्रदेश मन्त्री १,जनप्रतिनिधि २०,विशिष्ठ श्रेणीका १,सहसचिव १४,उपसचिव ३३,शाखा अधिकृत ४७,सहायक कर्मचारी ४७,उपभोक्ता तथा व्यवस्थापन समिति १८ र मतियार १०७ जना रहेका छन् ।

अख्तियारले मुद्धा चलाएकामध्ये घुस रिसवतसँग सम्बन्धित मुद्धामा १ उपसचिव,१५ शाखा अधिकृतसहित ७८ जनालाई प्रतिवादी बनाएको छ भने गैरकानुनी लाभ हानीको मुद्धामा १० सहसचिव,१८ शाखा अधिकृत,९४ जना शाखा अधिकृतलाई प्रतिवादी बनाएको छ अख्तियारले ।
यस्तै,झूठा नक्कली प्रमाणपत्रमा उपसचिवस्तरका २ र अधिकृतस्तरका ९ जनालाई प्रतिवादी बनाइएको छ । सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा सचिव १,सहसचिव १४,उपसचिव ३३ जनालाई प्रतिवादी बनाइँदा ४७ जना शाखा अधिकृत नै परेका छन् ।
यस्तै,गैरकानुनी सम्पत्ति आर्जनमा ४ शाखा अधिकृत समेत गरी कूल १३७ वटा मुद्धामा शाखा अधिकृत तहका कर्मचारी १७२,उपसचिव ५४,सहसचिव ४४ र सचिव १ जनालाई अख्तियारले पोलेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक दललाई राष्ट्रिय भूमि सञ्जालको दबाब, घोषणा पत्रमै प्रतिबद्धता माग

सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

अर्थको सहमति विपरित सहरीले निकासा गर्यो पुर्ननिर्माण कोषको ११ करोड रकम

बिशेष