निर्णय नगर्ने कर्मचारी जनता चुसुवा हुन्:- पूर्व सचिव उपाध्याय

 नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले निजामती प्रशासनका अधिकारीहरूलाई जनसेवामा निर्णय गर्न हिचकिचाउने प्रवृत्तिको कडा आलोचना गरेका छन्। उनले जनताको सेवामा लाग्ने अधिकारीले बेलामा निर्णय गर्न नसक्नु जनसेवाको मूल आत्मामाथिको धक्का भएको टिप्पणी गरेका छन्।

बिज्ञापन

 

बिज्ञापन

सोसल मिडियामार्फत विचार व्यक्त गर्दै उपाध्यायले भनेका छन्, “निजामती कार्यकारी अधिकारीको काम जनसेवामा निर्णय गर्ने र त्यसको कार्यान्वयन गर्ने नै हो। त्यसका लागि नै उनीहरूले जागिरमा प्रवेश गरेका हुन्। सेवाग्राही जनताले पनि निर्णय अधिकारीहरूले बेलामा निर्णय गर्दैनन् भनेर गुनासो र आरोप लगाइरहेका हुन्छन्।”

उनले थपे, “जो निर्णय गर्न हच्किदैन, उ जनताको सेवक हो। जो निर्णय गर्न डराउँछ, ऊ जनता चुसुवा हो।”

बिज्ञापन

३२ वर्ष लामो आफ्नो अधिकृतस्तरको जागिरे जीवनको अनुभव सुनाउँदै उपाध्यायले जनसेवामा कानुन र जनहितलाई केन्द्रमा राखेर निर्णय गर्नु नै निजामती सेवाको धर्म भएको बताए। उनले भने, “लामो अवधिको जागिरमा सयौँ निर्णय भएका छन्, तर हरेक निर्णय कानुनको पालना र जनहितको ध्येयका साथ गरिएको हो। त्यसैले ती निर्णयहरूलाई स्मरण गर्ने दरकार पनि पर्दैन।”

पूर्वसचिव उपाध्यायले पछिल्लो समय केही निर्णयहरूलाई असान्दर्भिक रूपमा विभिन्न अफवाहसँग जोड्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाएका छन्। उनले भने, “कुनै बेलाको निर्णयलाई अर्को बेलाको असान्दर्भिक विषयसँग जोड्नु, र नबुझीकनै चिच्याउने र विश्वास गर्नेहरू ‘महाग्वॉजे’ हुन्। सोसल मिडिया लिटरेसी नभएपछि यसरी बेवकुफ बन्ने नै हो।”उनको भनाइमा, अहिलेको समय सचेत नागरिकको हो र सोसल मिडियाले असत्य र अज्ञानता दुवैको भण्डाफोर सजिलै गरिदिन्छ।

“नेपालमा धेरै मानिसहरू आफूलाई सजिलै बेवकुफ बनिन र बेवकुफ कहलाउने रहर किन पाल्छन्, त्यो बुझ्न गाह्रो छ,” उनले कटाक्ष गरे। भीम उपाध्यायको सन्देश स्पष्ट छ— जनसेवकको धर्म निर्णय गर्न सक्ने साहस र निष्ठामा निहित छ; डर, ढिलाइ र असत्यमा होइन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष