बागमतीले पायो Local Level PIS Portal को साँचो, आठ हजार स्थानीय सेवाका कर्मचारी लाभान्वित हुने

बागमती प्रदेश सरकारले आजदेखि स्थानीय तहका कर्मचारीको सूचना व्यवस्थापन प्रणाली Local Level PIS Portal को पूर्ण पहुँच (Full Access) प्राप्त गरेको छ। यससँगै प्रदेश भित्रका सबै ११९ वटा स्थानीय तहमा कार्यरत कर्मचारीको विवरण अब प्रदेश सरकारले आफैं व्यवस्थापन गर्न सक्ने भएको छ।

बिज्ञापन

 

बिज्ञापन

हेटौंडामा आज (सोमबार) आयोजित समारोहमा राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेल र बागमती प्रदेश सरकारका प्रदेश सचिव बाबुराम गौतमबीच समझदारी पत्र (MOU) मा हस्ताक्षर भएपछि यो प्रणाली औपचारिक रूपमा बागमती प्रदेशलाई हस्तान्तरण गरिएको हो।

 

बिज्ञापन

प्रदेश भित्रका ३ महानगरपालिका, १ उप–महानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी ११९ वटा स्थानीय तहमा कार्यरत करिब ७,९९६ स्थानीय सेवाका कर्मचारी सो प्रणालीबाट प्रत्यक्ष लाभान्वित हुने भएका छन्। यससँगै “अन्य सेवा” का कर्मचारीसमेत क्रमशः प्रणालीमा समावेश हुँदै जाने र लाभान्वित हुने राष्ट्रिय किताबखानाले जनाएको छ।

 

राष्ट्रिय किताबखानाले विकसित गरेको Personnel Information System (PIS) मार्फत अहिलेसम्म स्थानीय तहका कर्मचारीको विवरण व्यवस्थापनको जिम्मेवारी केन्द्रकै मातहतमा थियो। तर, कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम तीनै तहका सरकारमा कर्मचारी खटाइए पनि सूचना व्यवस्थापन प्रणालीको पहुँच केन्द्रमा मात्र सीमित थियो। आजको सम्झौतासँगै बागमती प्रदेश सरकारले आफ्ना मातहतका स्थानीय तहमा कार्यरत स्थानीय सेवाका कर्मचारीहरूको विवरण आफैं अद्यावधिक र व्यवस्थापन गर्न सक्ने भएको हो।

 

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले बागमती प्रदेशमा प्रणाली हस्तान्तरणसँगै प्रशासनिक संघीयताको अभ्यास अझ मजबुत भएको बताए। उनका अनुसार आगामी हप्ताभित्र नै मधेश र कोशी प्रदेशसँग पनि यस्तै MOU मा हस्ताक्षर गरी क्रमशः ती प्रदेशहरूलाई पनि Local Level PIS Portal को पूर्ण पहुँच दिइने तयारी भइरहेको छ।

 

यस प्रणाली सञ्चालनमा आएपछि प्रदेश सरकारलाई स्थानीय तहका कर्मचारीको अभिलेख, पदस्थापन, प्रोन्नति, सरुवा, तलब भत्ता लगायतका सम्पूर्ण विवरण डिजिटल रूपमा अभिलेख गर्न र अद्यावधिक गर्न सजिलो हुने बताइन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व सचिवको संयोजकत्वमा कुलमानको पार्टी,सुमनासँग मिलेन कुरा

अब १० लाखसम्मको औषधि खरिदमा पनि अनिवार्य बोलपत्र

प्रमुख प्रशासकीय अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बागमतीले पायो Local Level PIS Portal को साँचो, आठ हजार स्थानीय सेवाका कर्मचारी लाभान्वित हुने

महावीर पुनमाथि प्रहार : ‘जिल्ला कोषाध्यक्ष हुँदा सम्झिनुहोस्, सर!’

स्थानीय तहमा खटाइएका १७ उपसचिवलाई गृहले किन बोलायो फिर्ता ? यस्तो छ महाशाखा प्रमुखको तर्क

भ्रष्टाचार नियन्त्रणका उपायहरू

सप्लायर्सको दवाव र अख्तियारको छानबिनको ‘साइड इफेक्ट’ :स्वास्थ्य विभागका कर्मचारीको भागाभाग

बिशेष