सरुवा भएर हिडेका सहसचिवहरु पूरानै अड्डामा,मीराको नामै गायब !

मुलुकको कर्मचारी प्रशासन चलाउने लाइन मिनिष्ट्रि मानिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कतिसम्म भद्रगोल छ,भन्ने सानो उदाहरण त्यही मन्त्रालयको वेव साइड खोतल्दा पनि थाहा लाग्छ ।

बिज्ञापन

मन्त्रालयको वेबसाइट हेर्दा सरुवा भएर अन्यन्त्र गइसकेका सहसचिवलाई समेत सोही कार्यालयमा कार्यरत देखाइएको छ । यस्तो भद्रगोल देखिएको हो,महिना  दिन अगाडि सरुवा भएर गृहमा पुगेका सहसचिव कालीप्रसाद पराजुलीको हकमा । सरकारले गत २३ असोजमा १५ जना सहसचिवको सरुवा गरेको थियो । यसरी सरुवा गरिँदा काली प्रसाद पराजुलीलाई गृह मन्त्रालयमा सरुवा भएका थिए । यस अघि गृहको कर्मचारी प्रशासन महाशाखा हुँदै योजना महाशाखातिर पुगेका पराजुली अहिले गृहकै कर्मचारी प्रशासन महाशाखा सम्हालिरहेका छन् । पराजुलीले कार्तिक पहिलो साता देखि नै गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । उनी बरिष्ठ सहसचिव हुन,सचिव हुने लाइनमा छन् । यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका पराजुलीलाई गृहमा लैजादा गृहबाट जयनारायण अचार्य,वावुराम गौतम र दिव्यराज पोखरेलहरु आउट भएका थिए ।

बिज्ञापन

त्यहाँ पूर्व मन्त्री भगवती न्यौपानेले महिला टिम बनाउन भन्दै नीता अर्याल र पार्वती शर्माहरुलाई मन्त्रालयमा भित्र्याएकी थिइन । पूर्व सचिवको पत्नी समेत रहेकी नीताको प्रदेशमा भएको सरुवा उल्टाएर सामान्यमा भित्र्याइएको थियो । अर्यालले अहिले यस अघि कालीले सम्हालिरहेका महाशाखा योजना हेरिरहेकी छिन् तर सामान्यको वेव साइडमा अहिले पनि उक्त महाशाखाको जिम्मेवारी काली प्रसाद पराजुलीको नाम उल्लेख गरिएको छ भने नीताको महाशाखा आन्तरिक उल्लेख गरिएको छ ।

यस्तै रुद्रमान सिंह तमाङलाई रोजेरै कुलमान घिसिङले उर्जामा भित्र्याएको महिना दिन पुग्न लाग्यो उनलाई अझैं पनि सामान्यको वेव साइडमा क्षमता विकास महाशाखा हेर्ने सहसचिवको जिम्मेवारीमा देख्न पाइन्छ । पछिल्लो समय विवादमा मुछिएकी मीरा अचार्य सोही मन्त्रालयको प्रशासन सुधार महाशाखातिर सारिएको महिनौं भयो तर वेव साइडमा उनको नाम भेटिदैन ।

बिज्ञापन

सामान्य प्रशासनमा आईटी हेर्न उपसचिव (निर्देशक)को दरबन्दी छ । तर सो पदमा कुनै कर्मचारी कार्यरत छैनन् । त्यस्तै सो मन्त्रालयमा एक अधिकृत र अर्काे इञ्जिनियरको समेत दरबन्दी रहेको भए पनि त्यहाँ अधिकृत समेत नभएको जनाइएको छ । इञ्जिनियरको दरबन्दीमा भुवन केसी कार्यरत छन् । यद्यपि उनलेर समेत सरुवा भएर गइसकेका नयाँ जिम्मेवारी पाएका कर्मचारीको विवरण अपडेट गर्न भ्याएका छैनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष