‘यो बालेन इफेक्ट हो’: पूर्वसचिव उपाध्यायको विश्लेषण

काठमाडौं — नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले काठमाडौंका मेयर बालेन शाहको विजयलाई ‘विश्वव्यापी जनभावनात्मक लहर’ सँग जोड्दै, त्यसकै प्रभाव अमेरिकाको न्यूयोर्क सहरमा देखिएको बताएका छन्। उनले न्यूयोर्कका नव–निर्वाचित मेयर माम्दानीको जितलाई समेत ‘बालेन इफेक्ट’ को निरन्तरता भनेका छन्।

बिज्ञापन

उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “जुन सेन्टिमेन्टको नाराले बालेनले नेपालको राजधानी काठमाडौंको मेयर पद जिते, त्यस्तै सेन्टिमेन्टले अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्कमा माम्दानीले मेयर पद जितेका छन्। जसरी बालेनले नेपालका धाकड नेताहरूको छक्का छुटाइरहेका छन्, त्यसरी नै माम्दानीले पनि अमेरिकामा छक्का छुटाइरहेका छन्।”

बिज्ञापन

उनका अनुसार बालेन र माम्दानी दुवै समान उमेरका हुन् र दुवै जेनजेड पुस्ताका प्रतिनिधि हुन्। “यो कुनै वाद होइन, न धनी–गरिबको लडाइँ हो,” उनले लेखे, “यो राज्यले बेवास्ता गरेकाहरूको, नसुनेका जनताको विश्वव्यापी प्रतिक्रिया हो।”

उपाध्यायले नेपाली नेताहरूलाई माम्दानीको नारा र विचार अध्ययन गर्न सुझाव दिएका छन्। “यहाँ बालेनले दिएको नारा र अमेरिकामा माम्दानीले दिएको नारा उस्तै उस्तै लाग्छ,” उनले लेखे, “ट्रम्पको नारा पनि उस्तै छ — भलै उनी ८० वर्ष पुग्न लागेका किन नहुन्, ट्रम्प बुझ्छन् नवयुग कसरी अघि बढ्दैछ।”

बिज्ञापन

पूर्वसचिव उपाध्यायले बालेन शाहको प्रभाव नेपालमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेको उल्लेख गरेका छन्। उनले स्मरण गरे — “बालेनको जितपछि अमेरिकाको प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाईम्स ले उनीमाथि लामो फिचर समाचार प्रकाशित गरेको थियो। त्यो सम्भवतः सो मिडियामा आएका नेपाली नेतामाथिको पहिलो फिचर हो।”

उनी भन्छन्, सो फिचर तयार पार्ने क्रममा न्यूयोर्क टाईम्स का पत्रकारले आफू (उपाध्याय) सँग करिब एक घण्टा लामो भिडियो संवाद गरेका थिए।

अन्त्यमा उपाध्यायले लेखेका छन्, “बालेन, माम्दानी, ट्रम्प र रबिका नाराहरूलाई कम आँक्न हुँदैन। यही नयाँ राजनीतिक यथार्थ हो — मन परे पनि, नपरे पनि।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक दललाई राष्ट्रिय भूमि सञ्जालको दबाब, घोषणा पत्रमै प्रतिबद्धता माग

सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

बिशेष