स्वास्थ्य मन्त्रालयमा व्यापक सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार ठूलो स्तरको सरुवा र जिम्मेवारी पुनःव्यवस्था गरेको छ। मन्त्रालयले डा. राधिका थपलियालाई राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र (एनएचईएससीसी) को निर्देशकको जिम्मेवारी तोकेको छ।

बिज्ञापन

हालै कोशी प्रदेशमा स्वास्थ्य सचिवका रूपमा कार्यरत रहेकी डा. थपलिया केही समयअघि मन्त्रालयमा फर्किएकी थिइन्। मन्त्रालयले उनलाई यसअघि नै सो केन्द्रमा पदस्थापन गरेको थियो, तर तत्कालीन निर्देशक डा. केशवराज पण्डित अन्यत्र नपठाइएकाले उनी मन्त्रालयमै हाजिर रहेकी थिइन्।

बिज्ञापन

स्वास्थ्य मन्त्री डा. सुधा शर्माको निर्देशनमा मंगलबार औपचारिक रूपमा डा. थपलियालाई केन्द्रको निर्देशक पदको जिम्मेवारी तोकिएको हो। त्यही निर्णयअनुसार डा. पण्डितलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।

यससँगै व्यवस्थापन महाशाखामा रहेका डा. पवनजंग रायमाझीलाई उपचारात्मक सेवा महाशाखामा स्थानान्तरण गरिएको छ। सो महाशाखामा पहिले निर्देशक रहेकी डा. सुधा देवकोटा डडेल्धुरा अस्पतालमा निर्देशक भएर गएपछि पद चार महिनादेखि रिक्त थियो।

बिज्ञापन

त्यस्तै, नारायणी अस्पतालका निर्देशक डा. चुमनलाल दासलाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता बोलाइएको छ।

मन्त्रालयले हालैका दिनमा स्वास्थ्य निकायहरूमा देखिएको प्रशासनिक रिक्तता र समन्वय अभाव समाधानका लागि आन्तरिक पुनर्संरचना प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक दललाई राष्ट्रिय भूमि सञ्जालको दबाब, घोषणा पत्रमै प्रतिबद्धता माग

सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

बिशेष