निजामतीमा राजीनामा दिनेको लर्काे,पछिल्लो ४ बर्षमा २९ सयले बीचमै छाडे जागिर

पछिल्लो समय निजामती सेवा र प्रहरी सेवामा राजीनामा दिनेको लर्काे लागेको छ । लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बीचमै राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ । यसरी बीचमै जागिर छाड्नेमा तल्ला तहका कर्मचारीहरुदेखि सचिव तहसम्मका कर्मचारीहरु रहेका छन् ।

बिज्ञापन

हालैमात्र राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिए ।निजामतीतर्फ गत साउनदेखि असोजसम्ममा उच्च पदस्थ सचिव तहका तीन जनाले राजीनामा दिएका छन् । कसैको जागिर अवधि अढाइ बर्ष त केहीको चार महिना अवधि बाँकी हुँदै पदबाट राजीनामा दिएका हुन । हालैमात्र राष्ट्रिय सभाका सचिव अर्यालले पदबाट राजीनामा दिए । गत ८० साल वैशाख २१ गते राष्ट्रिय सभाको सचिवमा नियुक्त भएका अर्यालले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन् । पाँच बर्ष कार्यकालका लागि नियुक्ति पाएका अर्यालले साढे दुई बर्षमै पदबाट राजीनामा दिएका हुन । अर्यालले दिएको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।
यस अघि राष्ट्रिय सभाकै सहसचिव रहेका अर्याल बढुवा हुँदै राष्ट्रिय सभाका सचिवमा नियुक्त भएका थिए । तर जिम्मेवारी पाएको अढाइ बर्षमै उनले पदबाट राजीनामा दिएका हुन ।

बिज्ञापन

यस अघि नायब महान्यायाधिवक्ता डा टेकराज घिमिरे र सचिव भरतमणि सुवेदीले राजीनामा दिएका थिए । साउन ५ गते अनिवार्य अवकाशमा गएका घिमिरेले साउन २ गते राजीनामा दिएका थिए । उनको राजीनामा साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । घिमिरेको राजीनामा स्वीकृत भएको एक महिना नपुग्दै उनले अर्को राजनीतिक नियुक्ति पाएका छन् । उनलाई भदौ २ गतेको मन्त्रिपरिषद्को बैठकले प्रशासकीय अदालतको अध्यक्षमा नियुक्त गरेको छ । घिमिरेले राजीनामा दिएर अर्को पदमा नियुक्त भएको एक सातामै अर्का सचिव सुवेदीले राजीनामा दिएका थिए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव सुवेदीले पाँच वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा जानुभन्दा ४ महिना अगाडि नै पदबाट राजीनामा दिए । भदौ ८ गते सचिव सुवेदीले दिएको राजीनामा भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत भएको थियो । सचिव सुवेदी आगामी पुस २९ गते पाँच वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा जाने थिए । त्यसको ४ महिना अगाडि नै उनी निजामती सेवाबाट बाहिरिएका हुन् । गत महिनामात्र सहसचिवद्धय रमेश शर्मा पौड्याल र रामगोविन्द अर्याल बीचमै सेवाबाट राजीनामा दिएका थिए । उनीहरुले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरिसकेको छ ।

यस्तै,मुख्य सचिव बन्नबाट बञ्चित भएका तोयनारायण ज्ञवालीले पदबाट राजीनामा दिएका थिए । सरकारले एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि सचिव ज्ञवालीले राजीनामा दिएका छन्। मुख्यसचिवको प्रतिस्पर्धामा सचिव ज्ञवालीले पदबाट राजीनामा दिएका थिए । अघिल्लो बर्षमात्र नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिए । उनी ५८ वर्षीय उमेर हदले अवकाश पाउनु पाँच महिना अगावै पदबाट राजीनामा दिएका थिए । सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका थिए। उनी अघि संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिए । घिमिरे उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै राजीनामा दिएका थिए । यस्तै अर्काे उच्च प्रशासक उर्जा सचिवको जिम्मेवारीमा रहेका दिनेश कुमार घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले महिना दिन अगावै सचिव पदबाट राजीनामा दिएका थिए ।

बिज्ञापन

यसरी राजीनामा दिने मध्ये केही पेन्सनका लोभमा दुई चार दिन अगावै राजीनामा दिन्छन् भने केहीले लगतै अर्को नियुक्ति खानका लागि । पदबाट राजीनामा दिएर दिनेश थपलियाहरु निर्वाचन आयोग,प्रेम राई अख्तियार दुरुपयोग अनुसन्धान आयोग,तोयम राया महालेखा परीक्षकको नियुक्ति पाएका छन् । केही सचिवहरुले यहाँबाट पदबाट राजीनामा दिएर विदेशी आइएनजिओहरुमा जागिर खानका लागि समेत पदबाट राजीनामा दिने विकृती बढ्दो छ । त्यसलाई संघीय निजामती सेवा विद्येयकले कस्न खोजेको थियो तर संसद नै नरहेका कारण सो विद्येयक पनि निस्क्रिय हुन पुगेको छ ।

यसरी निजामती सेवामा गत चार वर्षको अवधिमा २८९० जना निजामती कर्मचारीले बिचैमा जागिर छाडेका छन् ।किताबखानाको तथ्यांक अनुसार ०७८ ७९ मा ७६९ जनाले बीचमै जागिर छाडेका थिए भने ०७९/ ८० मा ८०४ जना, २०८०/ ८१ मा ७१४ जनाले बीचमै जागिर छाड्दा अघिल्लो आर्थिक बर्षमा ५ सय ९८ जना कर्मचारीले जागिर छाडेर हिडेका छन् । यसरी बीचमै जागिर छाड्नेमा कार्यालय सहयोगीदेखि सचिव तहसम्मका कर्मचारीहरु रहेका छन् ।

उता,उता नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले यही समयमा राजीनामा बुझाएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रानाभाटले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेका हुन् । प्रहरी केन्द्रीय कार्यालयले उपलव्ध गराएको विवरण अनुसार,०८१ साउनदेखि २०८२ असार मसान्त सम्ममा २३ सय ६९ जना प्रहरीले राजीनामा दिएर सेवा छाडेका छन् । यसरी जागिर छाड्नेहरुमा १९ जना सिनियर अधिकृत छन् । अघिल्लो आर्थिक बर्षमा मात्र ४०१ जना जुनियर अधिकृतले राजीनामा दिएको विवरण हेर्ड क्वार्टरले उपलव्ध गराएको छ । जुनियर अधिकृत भन्दा तल्लो दर्जामा कार्यरत १ हजार ९४९ जनाले एक वर्षमा जागिर छाडेका छन् । पछिल्लो पाँच बर्षमा झण्डै आठ हजार प्रहरीहरुले सेवा अवधि बाँकी छँदै राजीनामा ठोकेर हिडेका छन् ।

नेपाल प्रहरीमा पछिल्लो तीन महिनामा साढे ४ सय प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । प्रहरीका अनुसार २० वर्ष सेवा पूरा गरेका र कोही ५ वर्ष मात्रै सेवा गरेकाले राजीनामा दिएका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि राजीनामा दिने क्रम बढ्न थालेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । प्रहरीको अभिलेखअनुसार साउनयता उपदान सुविधा लिएर ९० र अरू साढे ३ सय प्रहरीले २० वर्ष सेवा पुगेपछि पेन्सन सुविधामा जागिर छाडेका हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रिय सभामा आज विधेयक केन्द्रित एजेन्डा, सामाजिक सञ्जाल र पर्यटन विधेयकमाथि छलफल

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक दललाई राष्ट्रिय भूमि सञ्जालको दबाब, घोषणा पत्रमै प्रतिबद्धता माग

बिशेष