निजामती प्रवेश : जुम्ला पहिलो,मनाङ शून्य,यस्तो छ ७७ वटै जिल्लाको पोजिसन

गत आर्थिक वर्ष ८१/ ८२ मा लोकसेवा पास गरेर निजामतीमा स्थायी जागिर खानेमा जुम्लाका सबैभन्दा धेरै रहेको भेटिएको छ ।

बिज्ञापन

लोकसेवा आयोगको प्रतिवेदन अनुसार विभिन्न सेवा, समूह सञ्चालन गर्ने निकाय तथा कार्यालयहरूका रिक्त पदमा नियुक्तिका लागि कुल २ हजार ५ सय ९२ जना उम्मेदवार सिफारिस हुँदा जुम्ला जिल्लाबाटै ११५ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन । जुन प्रतिशतका आधारमा ४ दशमलव ४४ प्रतिशत हो ।

बिज्ञापन

यस अघि निजामती प्रवेशको फलामे ढोका मानिने लोकसेवा परीक्षा भीडेर नाम निकाल्नमा स्याङ्जा, गुल्मी,पाल्पा लगायतका जिल्लाहरु अग्रपक्तिंमा रहेको थिए यस पटक जुम्ला जिल्लाले रेर्कड ब्रेक गरेको हो । आयोगको ६६ औं प्रतिवेदन केलाउँदा लोकसेवा भीडेर स्थायी नियुक्ति लिनेमा जुम्लेलीहरु अग्रपक्तिमा रहेका छन् । अघिल्लो आर्थिक बर्षमा सिफारिस भएका उम्मेदवारहरूमध्ये ९ सय २ जना महिला र १ हजार ६ सय ९० जना पुरुष रहेकामा जुम्लाबाटै ३३ महिलासहित ११५ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन । निजामती सेवामा यस अघि स्याङ्जा र गुल्मी जिल्लाले राख्दै आएको वर्चश्व भत्काउदै गत आर्थिक बर्षमा जुम्लाकाहरु सबैभन्दा धेरै निजामतीमा प्रवेश गरेका हुन । उक्त प्रतिवेदन अनुसार, जुम्लालाई स्याङ्जाले पछ्याइरहेको छ । स्याङ्जाका ३६ महिलासहित ९२ जनाले स्थायी नियुक्ति लिएका छन् । यो कुल स्थायी नियुक्ति लिने संख्याको ३ दशमलव ५५ प्रतिशत हो ।

यस्तै लोकसेवा लडेर सबैभन्दा धेरै स्थायी नियुक्ति खाने जिल्लाको तेस्रो नम्बरमा छ गुल्मी । यस अघि गुल्मीबाट सबैभन्दा धेरै सिफारिस भएकामा गत आर्थिक बर्षमा तेस्रोमा झरेको हो । गुल्मीबाट गत आर्थिक बर्षमा ३४ महिला र ४५ पुरुषसहित ८० जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । यो कूल ३ दशमलव ०९ प्रतिशत हो । यस्तै, धनुषाबाट १४ पुरुष, ५८ महिलासहित ७२ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । प्रतिशतमा यो २ दशमलव ७८ प्रतिशत हो ।

बिज्ञापन

यस्तै,पाँचौ नम्बरमा काठमाडौं रहेको छ । जहाँबाट २ दशमलव ७४ प्रतिशतले स्थायी नियुक्ति पाएका छन् । काठमाडौंबाट गत बर्ष ७१ जना स्थायी नियुक्तिका लागि सिफारिस हुँदा ३९ महिला र ३२ पुरुष गरी ७१ जना रहेका छन् ।

यस्तै सर्लाहीबाट २८ महिला र ४३ पुरुषसहित ७१,कञ्चनपुरबाट २८ महिला र ३८ जना पुरुषसहित ६६ जना स्थायी नियुक्तिका लागि सिफारिस हुँदा दैलेखबाट १७ महिला र ४८ पुरुषसहित ६५ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । आयोगका अनुसार,रुकुम पश्चिमबाट ६३,बारा जिल्लाबाट ६२,रौतहटबाट ६१,कैलालीबाट ६० जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।

आयोगका अनुसार गत वर्ष मनाङबाट कुनै पनि उमेद्धार लोकसेवा परीक्षा पास गरेर स्थायी नियुक्तिका लागि सिफारिस हुन सकेनन् । यस्तै मुस्ताङ जिल्लाबाट १ जनामात्र उमेद्धार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । यस्तै सबैभन्दा कम सिफारिस भएका जिल्लाहरुमा मुस्ताङ १,रसुवा २,रुकुमपूर्व ४,ताप्लेजुङ ६,सोलुखुम्बु र पाँचथरबाट ८/८,तेह्रथुम ९,म्याग्दी,भोजपुर,दोलखा,डोल्पा र डडेल्धुराबाट १०/ १० उमेद्धार स्थायी नियुक्ति लिन सफल भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

अब न्यायधीशलाई पनि निजामती सरह मासिक पाँच हजार मंहगी भत्ता,छापियो राजपत्रमा

प्रधानसेनापति सिग्देलको भनाइपछि राजसंस्था र राष्ट्रिय सुरक्षाबारे बहस चर्कियो

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु : ओएनएम स्वीकृत,अस्थायी दरबन्दी थप,सरुवादेखि बढुवासम्म

तातोपानी नाकाबाट तस्करी, सशस्त्रको फन्दामा परे तस्करी

बिशेष