ललितपुर,भक्तपुरका सिडियोसहित ३६ सहसचिवको सरुवा

गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। आइतबार मन्त्रालयले ३६ सहसचिवको सरुवा गर्दा २५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रालयले ललितपुर,भक्तपुर सहित रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई नयाँ जिल्लामा सरुवा गरेको हो।

बिज्ञापन

सरुवाको सूची अनुसार टोकराज पाण्डेलाई रुपन्देहीबाट लमजुङ सारिएको छ । कृष्ण प्रसाद लम्साललाई कैलालीबाट नवलपरासी सुस्तापूर्व खटाइएको छ । यस्तै,हिरालाल रेग्मी सुस्तापूर्वबाट कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइएको छ ।
यस्तै,नारायण रिसाललाई महोत्तरीबाट दोलखा, दोलखाबाट भोला दाहाललाई पर्सा पठाइएको छ भने पर्साबाट तोयनारायण सुवेदी अर्घाखाँची पठाइएको छ । सरुवाको सूची अनुसार,प्रेम प्रसाद लुँइटेललाई उदयपुरबाट धनुषा,जनार्दन गौतमलाई डडेल्धुराबाट कपिलवस्तु पुर्याइएको छ । यस्तै,लमजुङबाट माधव पोखरेल रुपन्देही पठाइएको छ भने केदारनाथ शर्मालाई जुम्लाबाट अध्यागमन कार्यालय भैरहवामा पठाइएको छ । बाँकेबाट धर्मराज जोशीलाई उदयपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइदा सुरेन्द्र पौडेल बर्दियाबाट सिराहा पठाइएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट गोपाल अर्याल गृहमा तानिएको छ भने विनोद कुमार खड्कालाई रौतहटबाट धनकुटा,दिल कुमार तमाङलाई कपिलवस्तुबाट बाँकेको प्रजिअको रुपमा सरुवा गरिँदा सिन्धुलीबाट दिनेश सागर भुसाललाई रौतहट,अछामबाट आनन्द सारुलाई गुल्मी पुर्याइएको छ ।
यस्तै,विष्णु कोइरालालाई गुल्मीबाट आछाम,सुनसरीबाट धर्मेन्द्र मिश्रलाई बारा,झापाबाट गोपाल कुमार अधिकारीलाई काभ्रेपलाञ्चोकमा पुर्याइएको छ । भक्तपुरका प्रजिअ रहेका नमराज घिमिरेलाई पञ्जिकरण विभागको महानिर्देशक,ललितपुरका प्रजिअ सुमन घिमिरेलाई कसुरजन्य सम्पत्ति व्यवस्था विभागका महानिर्देशको जिम्मेवारी सुम्पिदा त्यहाँ कार्यरत रहेका प्रेम प्रसाद भट्टराई ललितपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ । युवराज कट्टेल सिडिओ बनेर झापा सरुवा हुँदा गृहबाट गोगन हमाल बर्दियाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।
यस्तै मोरङबाट इन्द्रदेव यादवलाई महोत्तरी,काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी रहेका उमेश ढकाललाई भक्तपुर,गृहको बरण्डामा रहेका वासुदेव घिमिरेलाई सुनसरीको प्रजिअको जिम्मेवारी दिइएको छ भने शिवराम गेलाललाई धनकुटाबाट झापा पठाइएको छ । सूची अनुसार,सिराहाबाट बसन्त अधिकारीलाई मकवानपुर,मकवानपुरबाट स्किम श्रेष्ठलाई सिन्धुली,गोरखाबाट रामुराज कडरियालाई सर्लाही त्यहाँ कार्यरत रहेका तुल्सी श्रेष्ठलाई गोरखा पुर्याइदा खिमबहादुर रायमाझी जुम्ला पुगेका छन् ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष