सुशीलाका क्याविनेटमा तीन पूर्व कर्मचारी

प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्दैछिन् ।

बिज्ञापन

आज तीन जना नयाँ मन्त्रीहरुले आजै शपथ लिँदैछन् । शपथ लिनेमा डा सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपतिलाल श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी र बब्लु गुप्ता युवा तथा खेलकुदमन्त्री बन्दै छन् । मन्त्री बन्ने सूचीमा खगेन्द्र सुनार स् सर्वोच्चमा अवहेलना र दुई जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको र उनको विवादित पृष्टभूमि सार्वजनिक भएसँगै उनको नाम काटिने सम्भवना प्रवल रहेको जनाइएको छ ।

बिज्ञापन

यस अघि पनि यसैगरी स्वास्थ्य मन्त्री बन्ने चर्चा भएकी अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाममा टिपेक्स लाग्न पुगेको थियो । आज मन्त्री बन्न लागेकाहरुमध्ये स्वास्थ्य मन्त्री बन्न लागेकी डा शर्मा पूर्व कर्मचारी हुन ।

उसो त सुशीलाको क्याविनेटमा रहेकामध्ये अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका रामेश्वर खनाल पनि पूर्व सचिव हुन । यस्तै कुलमान घिसिङ पनि पूर्व कर्मचारी हुन । मन्त्रीका रुपमा सुधाको नाम सिफारिस भइसकेको छ । उनी मन्त्री नियुक्त भएमा सुशीलाको क्याविनेटमा तीन जना पूर्व कर्मचारी हुनेछन् ।

बिज्ञापन

सुधा ०३९ सालदेखि सरकारी सेवामा पाइला राखेकी हुन । स्वास्थ्य सचिवको रूपमा शर्माले करिब साढे तीन वर्ष काम गरेकी थिइन् । उनले २०६५ साल असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सचिवको कार्यभार सम्हालेकी थिइन्।तत्कालीन मन्त्री राजेन्द्र महतोसँग विमति भएपछि उनले राजीनामा दिएकी थिइन् । उनले यस अघि नेपाल चिकित्सक संघको अध्यक्ष चलाएकी छिन्,सो संस्था काँग्रेस निकट मानिन्छ । योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्।

भारतको राजेन्द्र मेडिकल कलेज राँची झारखण्डबाट एमबीबीएस गरेकी शर्माले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट डीजीओ गरेकी छन् ।
यस्का अलवा उनले विश्व स्वास्थ्य संगठन र अन्य स्वास्थ्य क्षेत्रमा विभिन्न संघ संस्थामा काम गरेकी छिन् । उनले संयुक्त राष्ट्रसंघीय एजेन्सी, डब्लूएचओमा सल्लाहकारका रूपमा काम गरेकी छन् भने युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको रूपमा काम गरेको अनुभव छ,उनीसँग ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

बिशेष