स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको ज्यान गएको छ।
बिज्ञापन
बिज्ञापन
पोखरास्थित राष्ट्रिय कृषि परियोजना इकाई कार्यालयका प्रमुखसमेत रहेका पुतलीबजार–१४ लामागे निवासी ४५ वर्षीय लम्साल शुक्रबार बिहान साथीहरूसँग चण्डी सत्तौ मन्दिर दर्शनका लागि गएका थिए। मन्दिरबाट फर्कने क्रममा उनी सवार लु ५१ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई आमडाँडास्थित सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
बिज्ञापन
तीनदेखि चार घण्टासम्म सम्पर्कमा नआएपछि खोजतलास सुरु गरिएको थियो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार लम्साललाई अपराह्न करिब ४ बजे मृत अवस्थामा फेला पारिएको हो।
प्रारम्भिक अनुमान अनुसार टाउकोमा गम्भीर चोट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























