अस्ति राजीनामा,आज भ्रष्ट्राचार मुद्धा,बढुवाको मुखैमा निलम्बनमा परे काफ्ले

अतिरिक्त सचिवबाट झण्डै झण्डै मन्त्री भएकी संगीता मिश्रासँग मिलेर सेटिङमा सक्रिय रहेका एक उपसचिवको टेक्निकले फेल खाएको छ । मोहन बस्नेत मन्त्री हुँदा रोजेर स्वास्थ्य सेवा विभागमा पठाइएकी डा कौशल मिश्र महानिर्देशक हुँदा म्यामोग्राफी मेसिन खरिद प्रकरणमा जोडिएर १३ जना राष्ट्रसेवक कर्मचारीहरुमाथि भ्रष्ट्राचार मुद्धा दायर भएको छ ।

बिज्ञापन

अख्तियारले लागत अनुमान तयार गर्दादेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनीयत राखी सम्पूर्ण सामाग्री आएको भनि गलत पीडीआई रिपोर्ट, गलत दाखिला प्रतिवेदन, झुटा बिल बिजक लगायत तयार गरी भुक्तानी दिएको आरोपमा मिश्रासहितका प्रतिवादीविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो कायम गरिएको छ।

बिज्ञापन

आयोगले मुद्दा दायर गरेकामध्येका एक कर्मचारी हुन,उपसचिव भुवन काफ्ले । प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, हाल उपसचिवको भूमिकामा रहेका काफ्लेले मुद्धा पर्ने बुझेर अघिल्लो सातामात्र पदबाट राजीनामा दिएका थिए । उनी ६० साले लेखा अधिकृत हुन । काफ्लेलाई ‘खतरनाक लेखा अधिकारी’ भनिदै आएको थियो । उनी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिवको भूमिकामा थिए ।

बिज्ञापन

अख्तियारले मुद्धा लैजाने चाल पाए पछि केही दिन अगाडि घरायसी कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । घरायसी कारण देखाउँदै राजीनामा दिएका काफ्ले वास्तवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन दबाबमा परेको कारणले सरकारी सेवा छाडेका उनलाई चिन्नेहरु बताउँछन् ।

स्याङ्जा घर भएका काफ्ले २०६० सालमा लेखा अधिकृत हुन भने सहसचिव बढुवा हुने लाइनमा थिए । अख्तियारले भ्रष्टाचार मुद्धा चलाउँदा स्वत निलम्बनमा पर्ने भएपछि उनले चलाखीपूर्ण रुपमा राजीनामा दिएका थिए ।

२०७२ सालको भूकम्पपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि गठन गरिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा पनि काफ्लेले महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसपछि उनले मलेनिकाको कर्मचारी प्रशासन शाखा, सडक विभाग, स्वास्थ्य सेवा विभाग हुँदै कृषि मन्त्रालयसम्म निरन्तर ‘आकर्षक अड्डा’ सम्हाल्दै आएका उपसचिव हुन ।

६० साले लेखा अधिकृतहरू भागाभागमा, उपसचिव भुवन काफ्लेले अख्तियारको दबाबमा राजीनामा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष