गत जेठ २३ र २४ को प्रदर्शनमा भएको जनधनको क्षती,रवि लामिछानेलाई कारागारबाट निकाल्नमा शंकास्पद् भूमिका रहेका र छानबिनको दायरामा रहेका सचिवलाई उल्टै जेनजी प्रदर्शनको क्रममा भएको क्षतीको संकलन गर्ने जिम्मेवारी दिएको छ ।
बिज्ञापन
भदौ २३–२४ गतेको घटना सम्बन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसहित पाँच जनालाई देशभित्र र देश बाहिर जान बन्देज लगाएकोमा कार्की नेतृत्वको आयोगले काठमाडौं बाहिर जान सहमति दिएको छ ।
बिज्ञापन
तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई सात दिनका लागि उपत्यका बाहिर जान अनुमति दिइएको हो तर विदेश भ्रमणमा लगाइएको रोक भने यथावत् छ । हाल राष्ट्रिय योजना आयोगको सचिव रहेका दुवाडीले कामको शिलशिलामा उपत्यका बाहिर जान अनुमति माग्दै बिहीबार आयोगमा निवेदन दिएका थिए ।
आयोगले असोज १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित गृहसचिव दुवाडीसहित ५ जनालाई उपत्यका बाहिर जान रोक लगाएको थियो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले हाल राष्ट्रिय योजना आयोगमा रहेका दुवाडीलाई भदौ २३ र २४ गतेको ‘जेन्जी पुस्ता आन्दोलन’का क्रममा भएको क्षतिको मूल्याङ्कनका लागि स्थलगत अवलोकन भ्रमणमा सहभागी हुन अनुमति दिइएको जनाएको छ ।
बिज्ञापन
आयोगका अनुसार दुवाडीले आन्दोलनका क्रममा गृहसचिवको हैसियतमा गरेको कामसम्बन्धी अनुसन्धानमा सहयोग गर्न जुनसुकै बेला आयोगमा उपस्थित हुनुपर्ने भएकाले अनुमति अवधि सात दिनभन्दा बढी नहुने र विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध कायम राख्ने निर्णय गरिएको छ ।
आयोगका सदस्य एवम् प्रवक्ता विज्ञान राज शर्माले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी निकाय, उद्योग व्यवसाय, शिक्षण संस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण शीघ्र विवरण पठाइदिन आग्रह गरेका छन्।