अनुसन्धानको दायरामा रहेका सचिवलाई क्षति विवरण संकलन गर्ने जिम्मेवारी

गत जेठ २३ र २४ को प्रदर्शनमा भएको जनधनको क्षती,रवि लामिछानेलाई कारागारबाट निकाल्नमा शंकास्पद् भूमिका रहेका र छानबिनको दायरामा रहेका सचिवलाई उल्टै जेनजी प्रदर्शनको क्रममा भएको क्षतीको संकलन गर्ने जिम्मेवारी दिएको छ ।

बिज्ञापन

भदौ २३–२४ गतेको घटना सम्बन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसहित पाँच जनालाई देशभित्र र देश बाहिर जान बन्देज लगाएकोमा कार्की नेतृत्वको आयोगले  काठमाडौं बाहिर जान सहमति दिएको छ ।

बिज्ञापन

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई सात दिनका लागि उपत्यका बाहिर जान अनुमति दिइएको हो तर विदेश भ्रमणमा लगाइएको रोक भने यथावत् छ । हाल राष्ट्रिय योजना आयोगको सचिव रहेका दुवाडीले कामको शिलशिलामा उपत्यका बाहिर जान अनुमति माग्दै बिहीबार आयोगमा निवेदन दिएका थिए ।

आयोगले असोज १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित गृहसचिव दुवाडीसहित ५ जनालाई उपत्यका बाहिर जान रोक लगाएको थियो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले हाल राष्ट्रिय योजना आयोगमा रहेका दुवाडीलाई भदौ २३ र २४ गतेको ‘जेन्जी पुस्ता आन्दोलन’का क्रममा भएको क्षतिको मूल्याङ्कनका लागि स्थलगत अवलोकन भ्रमणमा सहभागी हुन अनुमति दिइएको जनाएको छ ।

बिज्ञापन

आयोगका अनुसार दुवाडीले आन्दोलनका क्रममा गृहसचिवको हैसियतमा गरेको कामसम्बन्धी अनुसन्धानमा सहयोग गर्न जुनसुकै बेला आयोगमा उपस्थित हुनुपर्ने भएकाले अनुमति अवधि सात दिनभन्दा बढी नहुने र विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध कायम राख्ने निर्णय गरिएको छ ।

आयोगका सदस्य एवम् प्रवक्ता विज्ञान राज शर्माले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी निकाय, उद्योग व्यवसाय, शिक्षण संस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण शीघ्र विवरण पठाइदिन आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष