महासचिव पोखरेलले उल्टो वर्णानुक्रमबाट बोल्न प्रस्ताव गरेपछि एमाले बैठकमा होहल्ला,त्यसपछि ‘खाजा व्रेक’

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केहीबेर होहल्ला भएको छ ।

बिज्ञापन

आज आयोजित बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न कोबाट सुरु गर्ने भन्ने विषयमा विवाद भएको छ ।ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष ईश्वर पोखरेलले आफूलाई बोल्न समय दिनुपर्ने बताएका थिए ।

बिज्ञापन

महासचिव शंकर पोखरेलले केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको उल्टो वर्णानुक्रम (ज्ञ)बाट बोल्न प्रस्ताव राखेपछि विरोध भएको हो ।

त्यसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विरोध जनाए । उनको विरोधमा अरू केही केन्द्रीय सदस्यहरूले पनि समर्थन जनाए । सोही क्रममा केन्द्रीय सदस्यहरूबिच चर्काचर्की भएको हो ।

बिज्ञापन

केन्द्रीय सदस्यहरूले पहिले पदाधिकारीहरू पनि बोल्नुपर्ने र त्यसमा पनि आफूहरूले धारणा राख्नुपर्ने भनेपछि बैठक हलमा होहल्ला भएको थियो । त्यसपछि ‘खाजा ब्रेक’ गरियो ।

पछि पार्टी अध्यक्ष ओलीले आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिटायर भएको पाँच दिनमै अख्तियारमा चल्यो भ्रष्टाचार मुद्दा

अर्थमन्त्रीको सुशासनको गफ : राजश्व विभागमै छन् दरबन्दी बाहिरका १४ स्थायी कर्मचारी

महासचिव पोखरेलले उल्टो वर्णानुक्रमबाट बोल्न प्रस्ताव गरेपछि एमाले बैठकमा होहल्ला,त्यसपछि ‘खाजा व्रेक’

मुख्य सचिव अर्यालको छोरीलाई दवावमा नियुक्ति नगरिएको दावी

सशस्त्रका १६८ कमाण्डरको जिम्मेवारी हेरफेर

एकै पटक ६६५ इन्स्पेक्टरको सरुवा

सीमित व्यवसायी पोस्ने गरी मापदण्डमै छेडखानी,समितिको प्रतिवेदन विपरित सचिवको पत्राचार

जेष्ठता र कासमुका आधारमा १६ सहसचिव र ३३ उप सचिव बढुवा हुँदै, मंसिर ३ भित्र आवेदन दिइसक्नुपर्ने

बिशेष