महासचिव पोखरेलले उल्टो वर्णानुक्रमबाट बोल्न प्रस्ताव गरेपछि एमाले बैठकमा होहल्ला,त्यसपछि ‘खाजा व्रेक’

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केहीबेर होहल्ला भएको छ ।

बिज्ञापन

आज आयोजित बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न कोबाट सुरु गर्ने भन्ने विषयमा विवाद भएको छ ।ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष ईश्वर पोखरेलले आफूलाई बोल्न समय दिनुपर्ने बताएका थिए ।

बिज्ञापन

महासचिव शंकर पोखरेलले केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको उल्टो वर्णानुक्रम (ज्ञ)बाट बोल्न प्रस्ताव राखेपछि विरोध भएको हो ।

त्यसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विरोध जनाए । उनको विरोधमा अरू केही केन्द्रीय सदस्यहरूले पनि समर्थन जनाए । सोही क्रममा केन्द्रीय सदस्यहरूबिच चर्काचर्की भएको हो ।

बिज्ञापन

केन्द्रीय सदस्यहरूले पहिले पदाधिकारीहरू पनि बोल्नुपर्ने र त्यसमा पनि आफूहरूले धारणा राख्नुपर्ने भनेपछि बैठक हलमा होहल्ला भएको थियो । त्यसपछि ‘खाजा ब्रेक’ गरियो ।

पछि पार्टी अध्यक्ष ओलीले आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष