सहकारी नियमन कडा : अब सबै बचत–ऋण सहकारी अनिवार्य रूपमा दर्ता गर्नुपर्ने

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले देशभरका बचत तथा ऋण सहकारी संस्थालाई अब अनिवार्य रूपमा आफ्नो नियमन दायरामा ल्याउने प्रक्रिया सुरु गरेको छ।

बिज्ञापन

‘बचत तथा ऋण सहकारी संस्था दर्ता अभिलेखीकरण मापदण्ड–२०८२’ जारी गर्दै प्राधिकरणले दर्ता नभई कारोबार गर्न नपाउने व्यवस्था गरेको छ। मापदण्डअनुसार नियम नमान्ने सहकारीलाई १५ लाख रुपैयाँसम्म जरिवाना वा दर्ता खारेजसम्मको कारबाही हुनेछ।

बिज्ञापन

सहकारीको पूँजीअनुसार वार्षिक नवीकरण शुल्क पनि तोकिएको छ—२ करोड पूँजीका संस्थाले १ हजारदेखि एक अर्बभन्दा बढी पूँजी भएका संस्थाले १५ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ।

सहकारीहरूले प्राधिकरणको विद्युतीय प्रणालीमार्फत विवरण प्रविष्ट गरी ६० दिनभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। तर, समस्याग्रस्त घोषणामा परेका सहकारीहरू यो प्रक्रियामा समावेश हुने छैनन्।

बिज्ञापन

प्राधिकरणले अनुमति पत्र नलिई बचत–ऋण कारोबार गर्ने सहकारीमाथि कानुनी कारबाही गर्ने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार रोक्न सरकार चुक्दा अख्तियार मैदानमा उत्रिन्छ : राई

जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप्ने तयारी

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

तस्करीको गोदाम खुल्दा तस्कर रुन्चे मदन आक्रामक, सशस्त्र प्रहरीमाथि हमला

३ करोड ६३ लाख अकुतमा डामिएका सव इन्जिनियरको मुद्धामा साक्षी प्रमाण बुझ्ने आदेश

मालपानीको ‘दानापानी’ खाने भन्सारका कर्मचारी अख्तियारको राडारमा

मन्त्रिपरिषद् बैठक बस्दै,जाँचबुझ आयोगको म्याद थप्ने तयारी

प्रदेश लोकसेवाले माग्यो सहायकस्तर चौथो तहमा ५ सय ३३ कर्मचारी

बिशेष