काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित नियन्त्रणमा लिएको छ।
बिज्ञापन
आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९, बोडेका ५० वर्षीय दाहाललाई एक लाख २० हजार ८५० रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।
बिज्ञापन
दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी गर्ने क्रममा घुस र रिसवतस्वरूप रकम असुलेको सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको बताइएको छ।
पक्राउका क्रममा दाहालको साथबाट एक वटा मोबाइल फोन र सम्बन्धित कागजातहरू समेत बरामद गरिएको आयोगले जनाएको छ। अहिले दाहालमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।