दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

काठमाडौँ । प्रशासनिक सुधार र दलिय हस्तक्षेप अन्त्यको मागसहित सक्रिय जेन जी आन्दोलनले दोस्रो चरणको अभियान सुरु गरेको छ। अभियानअन्तर्गत शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई भेटेर जेन जी समूहले आफ्ना मागहरू लिखित रूपमा बुझाएका छन्।

बिज्ञापन

प्रशासनिक क्षेत्रमा फैलिएको दलिय प्रभाव, कर्मचारी सरुवा र बृत्तिविकासमा देखिएको मनोमानी, र कर्मचारी संघ–संगठनको अस्वस्थ प्रभावबारे जेन जी समूहका प्रतिनिधिहरूले सचिवसँग विस्तृत छलफल गरेका थिए।

बिज्ञापन

अभियानका सदस्य पशुपति पोखरेलले चार बुँदामा तीखा प्रश्न उठाएपछि सचिवले पनि दल र दलीय कर्मचारीहरूको दबाबका कारण काम गर्न कठिन भएको स्वीकार गरेका छन्। सचिवले भने,“राजनीतिक दल र तिनका संगठनहरूबाट निरन्तर दबाब आइरहेका छन्। यसले प्रशासनिक कामकाजमा बाधा पुर्‍याएको छ।”

कर्मचारी सरुवा र बृत्तिविकासमा दलीय कर्मचारीहरूको मात्र पहुँच देखिँदै आएको भन्दै प्रश्न उठाइएको थियो। पोखरेलले सोधे,“योग्य र इमानदार कर्मचारीहरू किन पेलिनुपर्छ? के यही हो सामान्य प्रशासन मन्त्रालयको न्याय?”

बिज्ञापन

कर्मचारी प्रशासन शाखाले राजनीतिक प्रभावमा परेर चिठी रोक्ने र दिने गरेको आरोप लगाउँदै उनीहरूले प्रश्न उठाए,“दलका प्रतिनिधिलाई कति दिनसम्म यस्तो विशेष सुविधा दिने?”

नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारी र अध्यक्ष भवानि दाहाललाई छुट्टाछुट्टै सरकारी सवारीसाधन प्रदान गरिएको विषयमा पनि प्रश्न उठाइयो।
ती गाडीहरू संगठनको कार्यालयमा राखिएका थिए, र सो कार्यालयमा भएको आगलागीमा गाडी र भवन दुवै नष्ट भएका थिए।जेन जी समूहले सोधे,“यी गाडी कुन कानुनअनुसार पदाधिकारीहरूलाई दिइएका हुन्? यसको जिम्मेवारी कसले लिन्छ?”

स्थानीय कर्मचारी प्रशासन शाखाका उपसचिव भिमकान्त पौडेलविरुद्ध दर्जनौँ गुनासा दर्ता भए पनि कारबाही नभएको विषयमा पनि प्रश्न उठाइयो “यदि ती गुनासाहरू गलत हुन् भने किन खण्डन जारी भएन? र सत्य हुन् भने किन कारबाही भएन?”जेन जी आन्दोलनका प्रतिनिधिहरूले दलिय ट्रेडयुनियनहरूको मनोमानी र राजनीतिक हस्तक्षेपका कारण प्रशासनिक संयन्त्र कमजोर बनेको दाबी गर्दै तत्काल सुधारको माग गरेका छन्।

उनका अनुसार,“राजनीतिक प्रभावमुक्त प्रशासन बिना देशमा सुशासन सम्भव छैन।”

अभियानका स्रोतका अनुसार अब तेस्रो चरणमा मन्त्रालयअन्तर्गतका अन्य विभाग र निकायका प्रमुखहरूलाई भेटी प्रत्यक्ष छलफल गर्ने तयारी गरिएको छ।
अभियानको उद्देश्य दलिय हस्तक्षेपमुक्त, पारदर्शी र कार्यक्षम प्रशासनिक संयन्त्र निर्माण गर्नु रहेको बताइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सार्वजनिक पद धारण गरेका नेता, उच्चपदस्थदेखि कर्मचारीको सम्पत्ति छानबिन हुने

४५ दिनभित्रै संघीय निजामती विद्येयक ल्याइने

दलीय ट्रेड युनियन खारेज गर्ने सरकारको तयारी

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

बिशेष