क्वार्टरसहित शान्त ठाउँमा जान चाहेका सहसचिवको सामान्यको बरण्डामा सरुवा

जेन–जी आन्दोलनमा अत्यधिक बल प्रयोगपछि भूमिगत जस्तै भएका काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई सरकारले संघीय मामिला तथा सामान्ष् प्रशासनको अतिरिक्त समूहमा थन्काएको छ ।

बिज्ञापन

सरकारले सात जना सहसचिवको सरुवा गर्दा यस अघि काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा जेनजी आन्दोलनमा अत्याधिक बल प्रयोग गरेका कारण भूमिगत जस्तै भएका रिजाललाई गृह हुँदै सघीय मामिला तथा सामान्य प्रशासनको बरण्डामा थन्काइएको हो । गत असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीसहित सात सहसचिवहरुको सरुवा गरेको हो ।

बिज्ञापन

यस अघि आफू असुरक्षित भएको भन्दै शान्त र सुविधासम्बन्ध ठाउँमा पोष्टिङको चाहना राखेका थिए उनले । गृह स्रोतका अनुसार, जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागेका उनलाई परराष्ट्र मन्त्रालय पोष्टिङ गरेर नियोगहरूमा पठाइदिने चाहना व्यक्त गरेका थिए । यस्को विकल्पमा क्वाटर भएको ठाउँमा पोष्टिङ खोजेका उनलाई सामान्यको बरण्डामा थन्काइएको हो ।

यस्तै भिजिट भिषा प्रकरणमा जोडिएर अनुसन्धानको घेरामा रहेका अर्काे सहसचिव तीर्थ भट्टराई पनि सामान्यको बरण्डामा पुग्दा सामान्यबाट रुद्रसिंह तामाङलाई कुलमान घिसिङले कमाण्ड गरिरहेको ऊर्जा मन्त्रालयमा लगिएको छ भने कुलमानलाई कासमूमा शून्य अंक दिनेमध्येका एक शम्भुप्रसाद मरासिनीलाई उद्योग मन्त्रालय, सञ्चारका प्रवक्ता गजेन्द्रकुमार ठाकुरलाई अर्थ मन्त्रालय, जीवलाल भुसाललाई कृषि मन्त्रालय र छविन्द्र पराजुलीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चलचित्र कलाकार संघमा दावाको दाबी

तत्कालीन गृहसचिव र सिडिओ तत्काल पक्राउ नपर्ने

पूर्वमन्त्री खड्का पक्राउ,सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान हुने

सार्वजनिक पद धारण गरेका नेता, उच्चपदस्थदेखि कर्मचारीको सम्पत्ति छानबिन हुने

४५ दिनभित्रै संघीय निजामती विद्येयक ल्याइने

दलीय ट्रेड युनियन खारेज गर्ने सरकारको तयारी

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

बिशेष