शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

काठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका परिवारमाथि प्रहरीले चासो बढाएको छ । यही क्रममा देउवाका साला भूषण राणाको जावलाखेलस्थित निवासमा सोमबार साँझ प्रहरीको विशेष टोलीले छापा मारेको हो।

बिज्ञापन

 

बिज्ञापन

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली र स्थानीय प्रहरी परिचालन गरेर गरिएको उक्त अपरेसनमा घर वरपर घेराबन्दी गरी सामानहरूको खोजतलासी गरिएको स्रोतले जनाएको छ।

 

बिज्ञापन

भूषण राणा पूर्वप्रधानमन्त्री देउवाका साला मात्र होइन, निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका सहोदर दाजु पनि हुन्। आरजु राणासँग निकट सम्बन्धित कतिपय व्यवसायिक तथा राजनीतिक डिलमा भूषणको प्रत्यक्ष संलग्नता रहेको आरोप यदाकदा उठ्ने गरेको छ।

 

गोप्य सूचना फेला पर्न सक्ने सम्भावना देखेपछि प्रहरीले छापा मारिएको बताइएको छ। तर, छापामा के–के सामग्री बरामद भए भन्ने विषय सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष