जाजरकोटमा गाउँपालिका अध्यक्षमाथि खुकुरी प्रहार

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आइतबार बेलुकी हतियारधारी समूहले आक्रमण गरेका छन्।

बिज्ञापन

 

बिज्ञापन

गाउँपालिका उपाध्यक्ष देविकाकुमारी सिंहका अनुसार, दसैँ मनाउन सुर्खेततर्फ जाँदै गरेका अध्यक्ष बस्नेतमाथि छेडागाड नगरपालिका–५ थलह बजार र मनघाटबीचको सडक खण्डमा आक्रमण भएको हो।

 

बिज्ञापन

मोटरसाइकलमा सवार अध्यक्ष बस्नेत र उनका अन्य साथीसँग करिब तीनदेखि चार जनाको समूहले खुकुरीसहित आक्रमण गरेको उपाध्यक्ष सिंहले जानकारी दिइन्।

 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी वसन्तकुमार शर्माले अपरिचित समूहले खुकुरी प्रहार गरेको प्रारम्भिक जानकारी आएको पुष्टि गरे। उनका अनुसार आक्रमणमा अध्यक्ष बस्नेतसहित दुई जना घाइते भएका छन्।

 

प्रहरीका अनुसार दुई वटा मोटरसाइकलमा आएका आक्रमणकारीहरू हाल फरार छन्। घाइतेहरूको उपचारका लागि सुर्खेततर्फ लगिएको छ।प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान

महानिर्देशकको प्रतिस्पर्धामा रहेका तिवारी र पाण्डे भ्रष्टाचारमा डामिए

कार्यालय प्रमुखलाई कार्यकक्षमै पुगेर दलियो मलमुत्र

४९अफिसरको सरुवा : ९ लाई स्थानीय तहमा खटाइँदा २ लाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

थप सात उपसचिवको सरुवा,चारलाई प्रमुख प्रशासकीयको जिम्मा

पुर्पक्षका लागि कारागार चलान भए क्यानका महानिर्देशक प्रदीप अधिकारी

अख्तियारले एकै पटक चलायो ४३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा

पोखरा विमानस्थल भ्रष्टाचारमा १० पूर्वसचिव आरोपित

बिशेष