सचिवले ल्याएको निर्णयमा सञ्चारमन्त्रीले गरेनन् हस्ताक्षर

नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मानेनन् । पदभार ग्रहणपछि उनले कर्मचारीले ल्याएका निर्णयमा हस्ताक्षर गर्न मानेनन् । उनले युवा पुस्ताको भावना समेटिने गरी अर्काे निर्णय ल्याउन सचिवलाई निर्देशन दिए र सोसँगै अर्काे निर्णयमा हस्ताक्षर गरेका हुन ।

बिज्ञापन

सचिव राधिका अर्यालले  छापाखानासम्बन्धी प्रस्ताव ल्याएकोमा युवा क्षेत्रलाई समेट्ने गरी कुनै प्रस्ताव ल्याउन मन्त्री खरेलले निर्देशनपछि सचिवसहितको समूहले पाँच मिनेट लामो छलफल गरेर अर्काे निर्णय तयार गरेर लगेका थिए । मन्त्री खरेलले सोही निर्णयमा हस्ताक्षर गरेका हुन ।

बिज्ञापन

सो समयभित्र देशका प्रमुख शहरहरुमा निशुल्क इन्टरनेट सुविधा विस्तार गर्ने लगायतका निर्णयहरु समेटिएको थियो । खरेलले ५ महिनाभित्र काठमाडौं उपत्यकासँगै देशका सातवटै प्रदेशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका हुन ।

खरेलले ६ महिनामा कुनै कायापलट नहुने धारणा राखे । मसँग धेरैले धेरै अपेक्षा राखेका छन्, ६ महिनामा केही पनि हुन सक्दैन । सोचेजस्तो कायापलट हुँदैन,’ उनले भने।

बिज्ञापन

उनले फागुन २१ मा चुनाव भ्रष्टाचार नियन्त्रण गरे सुशासन कायम गर्ने र जनतालाई त्यसको महसुस गराउने । भ्रष्टाचार नियन्त्रण पनि ५ महिनामा हुँदैन । यो सरकार भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा निर्मम छ भन्ने महसुस गराउने उल्लेख गरे ।

उनले भने खरानी टकटक्याउँदै जीवन र धरोहरको पुन निर्माण गर्नेछौं ।

मन्त्रालय सञ्चालनका क्रममा आफूले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्दै खरेलले ब्युरोक्रेसीप्रति विश्वास प्रकट गरे । ‘सचिवज्यू, तपाईंको मन्त्रालयका सबै कर्मचारी अनुभवी हुनुहुन्छ, काम अघि बढाउनुस् । मन्त्रीको तर्फबाट हस्तक्षेप हुँदैन । म तपाईंबाट सिक्छु,’ उनले भने, ‘म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु, हस्तक्षेप गर्दिनँ- यो मेरो प्रतिबद्धता हो ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड कुल्चिएर सिडियो खटन पटनमा मन्त्रीको मनपरी

राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खोल्न गृहमन्त्रीको निर्देशन

आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटल स्वीकृतिबाट मात्र

पहिरो पन्छाउने ‘भगवान्’ एक्साभेटर चालक

‘वौद्धिक विचौलिया’ पोस्ने काममा लगाम, क कस्को हुने भयो निदहराम ?

महानिर्देशकको गैरजिम्मेवारीले यात्रुहरूको दशैंको यात्रा कष्टकर : मुग्लिन–नारायणगढ सडकमा दैनिकी ठप्प

काप्री र चटौत सचिवमा बढुवा

अर्थ मन्त्रालयमा राजश्व सचिवको दरबन्दी कटौती भएको हो ?

बिशेष