मनोज केसीलाई सिआइबीको जिम्मेवारी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा मनोजकुमार केसीलाई सरुवा गरिएको छ।

बिज्ञापन

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। केसी हाल प्रदेश समन्वय विभागमा कार्यरत छन्। यसअघिका सीआईबी प्रमुख समेत रहेका चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक नियुक्त भएपछि रिक्त रहेको स्थानमा केसीलाई पठाइएको हो ।

बिज्ञापन

केसी तिनै प्रहरी अधिकृत हुन जो एसएसपी हुँदा ०७९ पुस २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा दिइएको थियो। त्यहाँ रहँदा नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरे वापत पटक पटक सरूवामात्र होइन बढुवामा समेत अन्याय गरिएको थियो। भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका कारण उनलाई निवर्तमान सत्ताले रिसिइवी साँधेको प्रहरी वृत्तमा चर्चा सुन्न पाइन्थ्यो ।

अन्तरिम सरकार बनेसँगै मानव स्रोत विकास विभागका प्रमुख समेत रहेका एआईजी दानबहादुर कार्कीलाई  काठमाडौँ उपत्यका प्रमुखमा जिम्मेवारी पाएका छन् भने प्रदेश समन्वय विभागमा थन्काइएका मनोज केसीलाई सिआइवीमा खटाइएको छ ।

बिज्ञापन

यसैबीच राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एम्बुलेन्समै तस्करीको धन्दा : रसुवामा ७० लाखभन्दा बढीको चिनियाँ चुरोटसहित चार जना पक्राउ

सेनाको ब्यारेकभित्र जो पनि छिर्न थालेपछि..

वाइडबडी घोटालाको छानबिन गर्न सहसचिव डंगोलको संयोजकत्वमा समिति गठन

निजामतीमा कति छन नक्कली प्रमाणपत्रधारी ? बर्ष दिनमै थपियो ५४२ उजुरी

१९ वर्षको प्रतीक्षा : नायव सुब्बाको वृत्तिविकासमा अवरोध र सुधारको अपरिहार्यता

उल्टो बयान दिएपछि सरकारी साक्षीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

मन्त्री इङ्नामको अनुभव : भूमिभन्दा सहरीका कर्मचारी भ्रष्ट

महानिर्देशक पोखरेलको पहल: राष्ट्रिय कितावखानाको ई–पेन्सन प्रणालीले ल्यायो प्रशासनिक क्रान्ति

बिशेष