सरकारको १० हजार कर्मचारी कटौती निर्णयप्रति संघ–संगठनको कडा आपत्ति

संघीय सरकारले सचिवस्तरीय बैठकमार्फत संघमा कार्यरत १० हजार सरकारी कर्मचारी कटौती गर्ने निर्णय गरेपछि कर्मचारी संगठन र महासंघहरू आन्दोलित बनेका छन् । चुनाव गराउने म्याण्डेट पाएको सरकारले कर्मचारी तन्त्रमा त्रास सिर्जना गर्ने खालको निर्णय लिएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

बिज्ञापन

सरकारले म्याद नाघ्ने सरकारजस्तो व्यवहार गर्दै चुनावभन्दा फरक एजेन्डामा ध्यान मोड्न खोजेको, कर्मचारी झन् आवश्यक पर्ने संवेदनशील समयमा उल्टै कटौतीको प्रस्ताव अघि सारेको भन्दै कर्मचारी संघ–संगठन र महासंघहरूले एक स्वरमा आपत्ति जनाएका हुन् ।

बिज्ञापन

पेसागत महासंघ नेपालको कडा चेतावनी

एमाले निकट पेसागत महासंघ नेपालले आफ्नो २६औं सचिवालय बैठकमार्फत कर्मचारी कटौती गर्ने निर्णयलाई गम्भीर रूपमा लिएर आपत्ति जनाएको छ । महासंघले भदौ ३१ गते मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले ल्याएको निर्णयले कर्मचारी मात्र नभई राष्ट्रकै भविष्यमा नकारात्मक असर पार्ने निष्कर्ष निकालेको छ ।

बिज्ञापन

महासंघका अध्यक्ष पुण्य ढकालले भने, “निर्वाचनको घोषणा भइसकेको अवस्थामा यस्तो निर्णय हुनु कानूनसम्मत र व्यवहारिक छैन ।” उनले बेरोजगारको कारखाना खोल्ने जस्तो निर्णयको परिणामस्वरूप मुलुकलाई वैदेशिक रोजगारतर्फ धकेल्ने खतरा बढ्ने भन्दै तुरुन्तै निर्णय फिर्ता लिन माग गरे ।

महासंघको बैठकले संविधान दिवस भव्य र सभ्य ढंगले मनाउने, भदौ २३/२४ गतेको Gen-Z आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली प्रकट गर्ने, आन्दोलनमा देखिएको आगजनी र लुटपाटप्रति दुःख प्रकट गर्दै दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने लगायतका निर्णयहरू गरेको छ । साथै, राष्ट्रसेवक, स्वास्थ्यकर्मी, ट्रेड युनियन कार्यकर्ताले विषम परिस्थितिमा चौविसै घण्टा सेवा प्रवाह गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै धन्यवाद प्रकट गरिएको छ ।

महासंघले सरकारलाई कानूनी शासन र विधि–प्रक्रियाको मर्यादा कायम गर्न सचेत गराउँदै, अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाएको छ ।

निजामती कर्मचारी युनियनको आलोचना

यस्तै, नेपाली कांग्रेससँग निकट नेपाल निजामती कर्मचारी युनियनले समेत सरकारको निर्णयप्रति तीव्र आलोचना गरेको छ । युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवालले कर्मचारी कटौती गर्ने सचिवस्तरीय निर्णयले कर्मचारी क्षेत्रमा त्रास र भय फैलाएको बताए ।

उनका अनुसार बढुवाको मुखमा रहेका कर्मचारीहरू अन्यौलमा परेका छन् । “यो सरकारको मुख्य काम अहिले चुनाव गराउनु हो । चुनावमा कर्मचारीको सहयोग अपरिहार्य हुन्छ । यस्तो बेला उल्टै कर्मचारी कटौती गर्ने निर्णय गर्नु त्रुटिपूर्ण हो,” कटुवालले भने ।

उनले कर्मचारी कटौती गर्न निश्चित विधि र मापदण्ड चाहिने तर सरकारको निर्णय हचुवाका भरमा भएको आरोप लगाउँदै तत्काल फिर्ता लिन माग गरे ।

विभिन्न कर्मचारी संगठन र महासंघहरूले सरकारको यो कदम रोजगार सिर्जना गर्ने सट्टा बेरोजगारी बढाउनेतर्फ निर्देशित भएको निष्कर्ष निकालेका छन् । उनीहरूले अहिलेको राजनीतिक र प्रशासनिक संवेदनशील अवस्थामा सरकारले यस्ता निर्णय गरेर जनतामाझ गलत सन्देश पठाएको भन्दै सचेत गराएका छन् ।

 

कर्मचारी संघ–संगठनले आगामी दिनमा सरकार निर्णय फिर्ता नभए थप दबाबमूलक कार्यक्रम ल्याउने संकेतसमेत दिएका छन् ।

 

यसरी चुनाव नजिकिँदै गर्दा सरकारको कर्मचारी कटौती निर्णयले प्रशासनिक वृत्तमै ठूलो तरंग ल्याएको छ । कर्मचारी संगठनहरू एकै स्वरमा सरकारलाई निर्णय फिर्ता लिन आग्रह गरिरहेका छन् भने निर्णय यथावत रहेमा आन्दोलन चर्किन सक्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष