डिभिजन इन्जिनियर रिमालले किन दिए राजीनामा ?

३७ वर्षभन्दा लामो समयसम्म सरकारी सेवामा बिताएका डिभिजन इन्जिनियर अमृतमणि रिमालले राजीनामा दिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामाबारे जानकारी गराएका हुन्।

बिज्ञापन

रिमालले केही दिनअघि फेसबुकमै सरुवासम्बन्धी विषयमा प्रश्न उठाएका थिए। तर यसपटक उनले राजीनामा दिनुको स्पष्ट कारण भने खुलाएका छैनन्।

बिज्ञापन

उनले लेखेका छन्, “मिति २०४५/०२/२२ गते तात्कालीन ओभरसियर पदमा निजामती सेवामा प्रवेश गरेर मिति २०८२/०५/२२ गते सिनियर डिभिजनल इन्जिनियर (रा.प. द्वितीय) पदबाट दिएको राजीनामा स्वीकृतिको चरणमा।”

रिमालको करिब चार दशक लामो सेवा यात्रामा उनले विभिन्न जिल्ला सिचाइ कार्यालय, सडक डिभिजन कार्यालय, सडक विस्तार आयोजना, भौतिक–पर्यावरण तथा सामाजिक शाखा लगायतका महत्त्वपूर्ण कार्यालय र आयोजनामा काम गरेका छन्।

बिज्ञापन

सुरुमा ओभरसियर पदमा रहँदा उनले जिल्ला सिचाइ कार्यालय पर्वत, अछाम, धुलिखेल लगायतमा काम गरे। इन्जिनियर पदमा पुगेर विराटनगर, ललितपुर र काठमाडौं उपत्यकासहित ताप्लेजुङको ओलाङचुङगोला सडक योजना लगायतका आयोजनामा योगदान गरे। पछिल्लो चरणमा सिनियर डिभिजनल इन्जिनियरको हैसियतमा अछाम, गोरखा, ललितपुर, नुवाकोट तथा नागढुङ्गा–मुग्लिङ सडक योजनामा सेवा गरेका थिए।

राजीनामाको घोषणा गर्दै उनले लेखेका छन्, “यत्रो लामो समय बितेको पत्तै भएन। यस अवधिमा मलाई सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरूमा हार्दिक नमन। आवश्यक पर्दा कुनै सेवा–सुविधा बिना पनि जहाँसुकै सेवा गर्न तयार छु। सबैको जय होस्।”

रिमालको राजीनामापछि सहकर्मी र सरोकारवालाबीच मिश्रित प्रतिक्रिया देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

तत्कालीन गृहसचिव र सिडिओ तत्काल पक्राउ नपर्ने

बिशेष