एकै पटक १० हजार कर्मचारी कटौती हुँदै,असोजभित्रै कार्यान्वयनको तयारी

सरकारले आगामी असोज भित्रैमा १० हजार कर्मचारी कटौती गर्ने भएको छ । हिजो बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो ।

बिज्ञापन

निजामती सेवा अन्तर्गत सङ्घीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरिएको छ । मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूबाट घटाइने तयारी गरेको छ । संशोधित दरबन्दी संरचना स्वीकृतिका लागि असोज २० गतेभित्र नेपाल सरकार मन्त्रिपरिषदमा पेस गर्ने बैठकले निर्णय गरेको छ ।कर्मचारीहरू मन्त्रालय, सचिवालय, आयोग तथा कार्यालयबाट कटौती सुरु गर्ने निर्णय गरेको र यसलाई असोजभित्रै स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा पेस हुने जनाइएको छ । कर्मचारीहरूले गरेको संशोधित दरबन्दी स्वीकृतिको निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ। सचिवहरूको बैठकले अनावश्यक देखिएका निकाय र खारेज, गाभ्ने र हस्तान्तरणको काम पनि तत्कालै सुरु गर्ने निर्णय गरेको छ। हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्नेछ ।

बिज्ञापन

‘यो निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रस्ताव तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेस गरिने सचिव बैठकले निर्णय गरेको हो ।

सचिव बैठकले विभिन्न २१ वटा निर्णय गरेको छ । निर्णयको ९ औं बुँदामा नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवायल, कार्यालयमा रहेका दरबन्दी औसतमा २० प्रतिशत कटौती गरी संशोधित दरवन्दी संरचना स्वीकृतिका लागि २०८२ आश्विन २० गतेभित्र नेपाल सरकार मन्त्रिपरिषदमा पेश गर्ने निर्णय भएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की,पूर्व रथी शर्मा बन्दैछन् परराष्ट्र मन्त्री

रिक्त आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी खटाइँदै,को को छन् चर्चामा ?

बिशेष