अख्तियारका ९२ वटा सवारीमा क्षति,भ्रष्टाचारका सबै फाइल सुरक्षित

जेन जी आन्दोलनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सवारी साधन र भौतिक क्षतिका साथैं विभिन्न कागजात जलेर खरानी भए पनि भ्रष्टाचारका सबै फाइल सुरक्षित रहेको जनाइएको छ ।
गत २४ गते भएको प्रदर्शनको क्रममा साँझ प्रदर्शनकारीहरुले टंगालस्थित केन्द्रिय कार्यालयमा तोडफोड र आगजनी गरी कार्यालयका १५ गाडी, ७४ मोटरसाइकल र २ वटा बसमा आगजनी र तोडफोड गरेका र कोठा कोठामा पुगेर तोडफोड गरे पनि भ्रष्टाचारका सबै फाइल सुरक्षित रहेको अख्तियारले जनाएको छ।

बिज्ञापन

सिंहदरबार र सर्वोच्च अदालतका भ्रष्टाचारका प्रमाणहरू आगलागीबाट पूर्णत नष्ट भए पनि अख्तियारमा भ्रष्टाचारको फाइलहरु सुरक्षित रहेको अख्तियार स्रोतले जनाएको छ ।

बिज्ञापन

आन्दोलनकारीहरूले अख्तियारका शाखा कार्यालयमा समेत क्षति पुर्याएका छन्। अख्तियारको पोखरास्थित कार्यालयलाई ध्वस्तै पारेका छन्। हेटौँडा कार्यालय र इटहरी कार्यालय पनि तहसनहस पारेका छन्। हेटौँडा कार्यालय ७५ प्रतिशत क्षति भएको र बर्दिवास, सुर्खेत, नेपालगञ्ज र महेन्द्रनगरको कार्यालयमा सामान्य क्षति भएको अख्तियारले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष