मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने, गैरराजनीतिक व्यक्ति मात्र रहने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी मन्त्रिपरिषद् विस्तारमा नयाँ ढाँचा लागू गर्ने संकेत दिनुभएको छ । उहाँले मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नहुने स्पष्ट पार्दै, कुनै पनि राजनीतिक दल वा तिनका कार्यकर्तालाई पद नदिने अडान लिनुभएको हो।

बिज्ञापन

बीबीसी नेपाली सेवासँग विशेष कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले वर्तमान तीन मन्त्रीपछि थपिने मन्त्रीहरूमा समावेशिता र क्षमता दुवैलाई प्राथमिकता दिइने बताउनुभयो। उहाँका अनुसार, चुनावी प्रक्रियामा सीधा संलग्न नभएका, तर विभिन्न क्षेत्रमा अनुभव र दक्षता हासिल गरेका व्यक्तिहरूलाई खोजी भइरहेको छ।

बिज्ञापन

“मन्त्रिपरिषद् १० देखि ११ जनाभन्दा नबढाउने र जसको क्षमता के हो भन्ने आधारमा जिम्मेवारी दिने हो,” प्रधानमन्त्री कार्कीले बताउनुभयो।

उहाँले राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूलाई मन्त्री बनाए चुनावी काममा ध्यान विचलित हुने भन्दै चुनाव नलड्ने र व्यावसायिक पृष्ठभूमिका योग्य व्यक्तिलाई अघि सार्ने तयारी भइरहेको स्पष्ट पार्नुभयो।

बिज्ञापन

यसरी, प्रधानमन्त्री कार्कीले परम्परागत राजनीतिक कोटाबाट अलग रहेर व्यावसायिक र विविध पृष्ठभूमिका व्यक्तिलाई मन्त्री बनाउने रणनीति अघि सारेकी छन्, जसले आगामी निर्वाचन र प्रशासनिक व्यवस्थापनमा नयाँ प्रयोगको संकेत दिएको देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष