लाइसेन्स छपाइ तथा वितरण अनिश्चितकालका लागि स्थगित

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण अनिश्चितकालका लागि बन्द गरेको छ । विभागले एक सूचना जारी गर्दै, हालको परिस्थितिमा सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने जानकारी दिएको हो ।

बिज्ञापन

विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने जानकारी गराएको छ ।

बिज्ञापन

यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरीरलुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध हुन पुगेको विभागले बताएको छ ।

विभागका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण विभागको संरचनामा गम्भीर क्षति पुगेको छ । विशेष गरी इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भर नष्ट हुँदा सवारीचालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्ता (EDLVRS) सम्बन्धी सेवा पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ ।

बिज्ञापन

‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्तासम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने बेहोरा जानकारीका लागि अनुरोध छ,’ विभागको सूचनामा भनिएको छ ।
‘विभागको सूचना प्रविधि प्रणाली पुनःसञ्चालनमा ल्याउन समय लाग्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र छपाइ, वितरण तथा सम्बन्धित अन्य सेवा बन्द रहनेछ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिहिबारदेखि बन्द रहेको सरकारको भुक्तानी प्रणाली सुचारु,’तलब-भत्ता खुवाउन कुनै समस्या नहुने’

लाइसेन्स छपाइ तथा वितरण अनिश्चितकालका लागि स्थगित

सचिवहरुसँग प्रधानमन्त्रीले भनिन् :’म सत्ताको रसस्वादन गर्न आएको होइन, ६ महिनामा छोड्छु’

‘आई क्विट’ भन्दै सुमना श्रेष्ठले त्यागिन रास्वपा

आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई १० लाख दिने सरकारको निर्णय

‘आगोले सम्पत्ति जले पनि आत्मबल कहिल्यै जल्दैन, अब फेरि उठ्नुपर्छ’

‘जेलर र सचिवलाई अप्ठ्यारोमा पार्न चाहन्न,सुव्वादेखि माथिका सबैले जाँच दिनुपर्दछ’

गाउँपालिकामा आफ्नै कर्मचारीले लगाए आगो

बिशेष