सचिवहरुसँग प्रधानमन्त्रीले भनिन् :’म सत्ताको रसस्वादन गर्न आएको होइन, ६ महिनामा छोड्छु’

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभएर विवशतापूर्वक यो पदमा आएको बताएकी छन् । आज सिंहदरबारमा सचिवहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै कार्कीले ६ महिनामा चुनाव गरेर आफू प्रधानमन्त्रीबाट बिदा हुने बताउँदै यो पदमा आफू रहरले नभइ बाध्यात्मक परिस्थितिका कारण आएको बताएकी हुन ।
अस्ति शुक्रवार प्रधानमन्त्रीमा नियुक्त भएकी अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री कार्कीले आज बिहान सिंहदरबारमा पद सम्हालेकी छन्। मुख्यसचिव एकनारायण अर्याललगायत विभिन्न मन्त्रालयका सचिव एवं कर्मचारीले स्वागत गरेका हुन्। पद सम्हाल्नुअघि लौनचौरमा पुगेर सहिदको प्रतिमामा माल्यार्पण गरेकी थिइन्।

बिज्ञापन

सचिवहरुसँगको परिचयात्मक कार्यक्रममा कार्कीले भनिन्,म रहरले आएको होइन, सडकबाट सुशीलालाई जिम्मा देऊ भनेर आवाज उठेपछि आफू विवश भएको उनले बताएकी छिन् । म सत्ताको रस्वादन गर्न आएको होइन । मेरो उमेर पनि होइन । ६ महिना मात्रै बस्ने हो । त्यसपछि कुनै हालतमा नबस्ने, काम गरेर मुक्त हुने हो । नयाँ आउने सांसद तथा मन्त्रीलाई जिम्मेवारी र दायित्व सुम्पने अठोट गरेका छौं । यो अठोटमा सबैको साथविना सम्भव छैन । सुरक्षा निकायले साथ नदिए सम्भव छैन ।’

बिज्ञापन

हामीले यो बेलामा किन सेवा नगर्ने भनेर हो । ६ महिना मात्रैको अवधि बस्ने र त्योभन्दा बढी नबस्ने भनेका छौँ । ६ महिनामा आफ्नो कामकारबाही गरेर मुक्त हुने र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ । यो अठोटमा यहाँहरूको साथ नपाईकन सम्भव छैन । सुरक्षा निकायले पनि साथ नदिईकन सम्भव छैन । मलाई सहयोग गर्नुस्,’ कार्कीले भनिन् ।

‘मुलुकको अत्यन्त आवश्यक संस्थाहरुमाथि छानी छानी प्रहार भएको,प्रहरीका चौकी, थाना सबै जले। अदालतका सम्पूर्ण फाइल नस्ट भएको उल्लेख गर्दै उनले भनिन् हाम्रै सिंहदबार भित्रका कयौँ नष्ट भएर गयो। बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरू, जसले यो देशको शासन चलाएको छ। ती मिसिल, कागजहरू नष्ट भयो । यो देखेर आफूलाई लाज लागेको भन्दै नेपालीले नै यस्तो गरेको होला भनेर प्रश्न समेत गरेकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखरा सडक महोत्सवमा देशवासीलाइ रेवानको निम्तो

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

बिशेष