‘जेलर र सचिवलाई अप्ठ्यारोमा पार्न चाहन्न,सुव्वादेखि माथिका सबैले जाँच दिनुपर्दछ’

जेनजी आन्दोलनका बेला जेलबाहिर निस्केका रास्वपाका सभापति रवि लामिछाने पुनः फर्किएका छन् । हिजो फेसबुक लाइभमा आएर आफू नख्खु कारागार फर्किन लागेको जानकारी दिएका थिए । सोहीअनुसार साँझ उनी सबै प्रक्रिया र्पुयाएर पुनः कारागार चलान भएका हुन् ।

बिज्ञापन

जेनजी आन्दोलनका क्रममा भदौ २४ मा उनी बाहिर निस्केपछि चौतर्फी आलोचना भएको थियो । उनले आफूलाई कारागार प्रशासनले पत्र समेत दिएकाले बाहिरिएको दाबी गरेपनि व्यापक आलोचना भएको थियो । आलोचना बढेसँगै उनी फेरि कारागार नै फर्किएका हुन् ।
जेलबाट बाहिर निकालिएको बेला उनी भित्रिएको विवाद र ‘चिठी’ सम्बन्धी वैधानिकतालाई लिएर आएका विचारलाई गलत भनेका छन्,कारागार जानु अघि आफ्नो कारणले गृह सचिव र जेलरलाई अप्ठेरो पार्न नचाहेको उनले दावी समेत गरेका छन्,भिडियोमा । यस अघि नै नख्खू जेलरले हिजै लामिछानेलाई भीडले फेक पत्र बनाएर जबर्जस्ती निकालेको बताइसकेका छन् ।

बिज्ञापन

कारागार फर्कनु अघि उनले नयाँ सरकारले २०४६ सालपछि नीतिगत तहमा रहेका तथा उच्चपदस्थ व्यक्तिहरूका सम्पत्ति सम्बन्धी निर्णयहरूको पूर्ण छानबिन गर्नुपर्ने,देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द हुनुपर्ने,कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्ति प्रक्रियालाई तत्काल खोल्ने र सुब्बादेखि न्यायाधीशसम्म सबैले जाँच दिनुपर्ने उनको जोडदार माग छ ।

त्यस्तै विश्वविद्यालयहरूमा गरिएको राजनीतिक नियुक्ति तुरुन्त खारेज गरी मेरिटोक्रेसी स्थापना गर्नुपर्ने,सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत सोही विधि लागू गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग माग गरेका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष