रसुवामा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला निषेध

रसुवा : काठमाडौं उपत्यका लगायत देशव्यापी रूपमा भईरहेको जेन–जी आन्दोलन र रसुवा कारागारबाट कैदीबन्दी फरार भएको अवस्थालाई मध्यनजर गर्दै रसुवामा निषेधाज्ञा जारी गरिएको छ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय, रसुवाले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा मिति २०८२ भदौ २७ गते बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू हुने जानकारी गराएको हो।

बिज्ञापन

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम जारी गरिएको आदेशअनुसार निषेधाज्ञा अवधिभर ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न पूर्णतः निषेध गरिएको छ।

यस्तै, निषेधाज्ञा लागू भएको समयमा अत्यावश्यक सेवाका सवारी साधन, सरकारी सवारी, बिरामी बोकेका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारी साधन, पर्यटकीय सवारी, मानव अधिकार आयोग र कूटनीतिक नियोगका सवारी साधन, हवाई टिकट देखाएर यात्रामा निस्किएका व्यक्तिलाई मात्र आवागमनमा सहजीकरण हुने जनाइएको छ।

बिज्ञापन

अन्य सबै निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइने आदेशमा उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जारी गरेको विज्ञप्तिमा आदेश उल्लङ्घन गर्ने वा पालना गराउने कार्यमा अवरोध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याइने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ध्वस्त भएका मन्त्रालयको काम कहाँबाट कसरी गरिदैंछ ?

सिंहदरबारभित्र भएको क्षतिको रुजु पछि मात्र सरसफाइ र पुनःनिर्माण गरिने

जेनजी आन्दोलनमा ज्यान गुमाएका तीन राष्ट्रसेवकको अन्त्येष्टि

निभाउन थालियो सडक विभाग भवनको आगो

यसरी तयार पारिदैछ नयाँ प्रधानमन्त्री राख्ने गृहको नयाँ भवन

जेन–जेड आन्दोलनमा कर्मचारी संगठनको गम्भीर ध्यानाकर्षण, संयम र संवादमार्फत समाधानको आह्वान

मुख्यसचिव अर्याल : “नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ”

प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई शीतल निवासको निर्देशन

बिशेष