‘संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ’

राष्ट्रपति रामचन्द्र पौडेलले देशमा लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विमर्श गरिरहेको बताएका छन् ।

बिज्ञापन

उनले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन आफू हर प्रयास गरिरहेको बताएका हुन ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार, विमर्श र हरप्रयास गरिरहेको उल्लेख गरेका हुन्।

बिज्ञापन

राष्ट्रपति पौडेलले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न पनि अपिल गरेका छन् । उनले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल समेत गरेका छन् ।
गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शन भएको थियो। उक्त प्रदर्शनमा परेर प्रदर्शनकारी र प्रहरीसहित गरी अहिलेसम्म ३० जनाको मृत्यु भएको छ।

जेनजीको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। उन्ी अहिले नेपाली सेनाको सुरक्षा घेरामा छन्।

बिज्ञापन

अन्तरिम सरकार गठनको विषयमा छलफल जारी रहँदा पौडेलको अपिल पत्र आएको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्थानीय सेवा ऐन संशोधनसहित पारित : दफा ९ र २७ प्रति कर्मचारीको आपत्ति

समृद्ध नेपालको प्रस्थानविन्दु : सुशासन, प्रशासनिक पुनर्संरचना र भ्रष्टाचार नियन्त्रणको मार्गचित्र

नायब सुब्बा घुससहित पक्राउ परे,कार्यालय प्रमुखलाई कसरी गर्ने कारवाही ?

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

बिशेष