पूर्व मन्त्री र गृहसचिव कारागारै फर्कन तयार

मुलुकमा विकशित पछिल्लो घटनाक्रमको फाइदा उठाँउदै केन्द्रीय कारागारबाट फरार भएका कैदीबन्दीहरुमध्ये पूर्व मन्त्री र पूर्व सचिवसहितका केही कैदी बन्दीहरुले आफू कारागार फर्कन तयार रहेको सन्देश पठाएका छन् ।

बिज्ञापन

कारागार व्यवस्था विभागका अनुसार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) तोडफोड गरी पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित तीन हजार ४५० कैदी फरार भएका थिए । तिनैमध्येका पूर्व गृह सचिव पाण्डे र मन्त्री रायमाझीले आफू मुलुकको जुनकुनै कारागारमा फर्कन तयार रहेको सन्देश प्रहरी र कारागार प्रशासनलाई दिएका हुन ।यस्तो सन्देश पठाउने दुबै नक्कली भुटानी शरणार्थी प्रकरणमा काराबासमा छन् ।

बिज्ञापन

हिजो केन्द्रीय कारागारबाट उनीसहित टोपबहादुर रायमाझी,चुणामणि उप्रेती गोरे लगायत ३३ सय कैदीबन्दीहरु फरार भएका थिए । यसरी फरार भएकामध्ये पूर्व गृहसचिव पाण्डे र पूर्वमन्त्री रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका कारागार प्रशासनले जनाएको छ । केन्द्रीय कारागार सुन्धारामा ३८ सय कैदीबन्दी रहेकोमा ३३ सय कैदीबन्दी फरार रहेको कारागार प्रशासनले जनाएको छ ।

विभागका अनुसार हालसम्म ११ हजार ५०५ जना कैदीबन्दी विभिन्न जेल तोडेर फरार भएका छन् । सुनसरीको झुम्का कारागारबाट मात्र एक हजार ५७२, नख्खु कारागारबाट एक हजार २७२ जना,जलेश्वरबाट भागे ५७२,गौरबाट २२९ कैदी फरार फरार भएका थिए । यसरी फरार भएकामध्ये दाङ तुलसीपुरबाट फरार भएका २५३ फरारमध्ये ४० नियन्त्रणमा लिइएको छ भने कपिलवस्तुबाट ४३५ फरार ५९, सप्तरीको गेट तोडेर फरार भएका कैदीमध्ये २४ जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष