गभर्नर विश्व पौडेलको भैसेपाटीस्थित घरमा आगजनी, परिवार “शरणार्थी” झैं बस्न बाध्य

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आफ्नो निजी निवास भैसेपाटीस्थित घरमा आगजनी भएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। पौडेलले फेसबुकमा लेख्दै यो घर आफैंले योजना आयोगको उपाध्यक्ष हुनु अघि छात्रवृत्ति र विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको बताएका छन्।

बिज्ञापन

 

बिज्ञापन

गभर्नर पौडेलका अनुसार घर भित्र सुन्दर सजावटसँगै व्यक्तिगत जीवनका महत्वपूर्ण सामग्रीहरू रहेका थिए। उनले लेखेका छन्, “माथिल्लो तल्लामा किताबैकिताब, इबेमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा ल्याएका कलाकृति, देवी–देवताका मूर्ति, भियतनामी सिल्क पेन्टिङदेखि माओत्सेतुङसम्मका मूर्ति थिए। जम्मा ५०० प्रति मात्रै छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यही थियो।”

 

बिज्ञापन

उनले आफ्नी ९ वर्षीया छोरीलाई मन पर्ने कोठा, कपन गुम्बाका गुरु रिम्पोछेले दिएको मन्त्रको खेलौना समेत कुल्चेर जलाइदिएको पीडा व्यक्त गरेका छन्।

 

पौडेलले घटनाबारे लेख्दै भनेका छन्, “अस्ति घर जलेको खबर दुई घण्टा अघिनै एक अनलाइनमा आयो। तर त्यतिबेला घरमा केही भएको थिएन। पछि मानिसहरू भित्र गएर बा–आमाको फोटो, छोरीको सानो छदाको फोटो कुल्चेर फुटाए र सबैमा आगो लगाए।”

 

आगो लागेपछि उनकी श्रीमती र छोरी नजिकैको घरमा गएर बसे भने पौडेल आफैं अर्को ठाउँमा बस्नुपर्‍यो। उनले दुःख व्यक्त गर्दै भनेका छन्, “त्यो दिन हामी सबै शरणार्थी भयौँ। किताब र कपडाहरु धेरै भएकाले घर ढिलोसम्म नै जलिरह्यो। राति पनि केहि व्यक्तिहरुले ढुंगा हानेर सामान चोरेर गैराखेका रहेछन् भन्ने कुरा छिमेकीहरुले सुनाए।”

 

फोनमार्फत चासो राख्ने साथीहरूलाई आफूले “ठिकै छ” भन्ने जवाफ दिएको पौडेलले लेखेका छन्। तर घटनाले उनलाई गहिरो पीडा दिएको प्रष्ट देखिन्छ।

 

उनले फेसबुक स्टाटसमा नयाँ सरकारको सन्दर्भसमेत उल्लेख गर्दै भनेका छन्, “अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र। कसैलाई मैले दुइ पैसा कसैको खाएको वा मागेको खबर भए रिपोर्ट गरे हुन्छ। यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ।”

 

हालसम्म यस घटनाबारे प्रहरीले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘संक्रमणकालमा प्रशासनयन्त्रले आफ्नो खुबी देखाउन सक्नुपर्छ’

जेनजी नै विभाजित : अन्तरिम सरकारको नेतृत्वमा अर्काे पक्षले अगाडि सार्यो कुलमान

‘निर्वाचित सरकार निस्क्रिय भए पनि स्थायी सरकार आ-आफ्नो जिम्मेवारी पूरा गर्न लागौं’

पूर्व मन्त्री र गृहसचिव कारागारै फर्कन तयार

जङ्गीअड्डा भित्र प्रधानसेनापतिसँग छलफल जारी,बाहिर सुशीला कार्की मान्दिनौं भन्दै नाराबाजी

असामान्य परिस्थिति : त्रिविले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने

काठमाडौंको पछिल्लो अवस्था

गभर्नर विश्व पौडेलको भैसेपाटीस्थित घरमा आगजनी, परिवार “शरणार्थी” झैं बस्न बाध्य

बिशेष