सातौदेखि नवौं तहका १८७ कर्मचारीको सरुवा

नेपाल विद्युत् प्राधिकरणले एकै पटक ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले सातौं र आठौं तहका कर्मचारीहरुको सरुवा गरेको हो ।

बिज्ञापन

२०८२ भदौ २० र २२ गतेको निर्णयअनुसार प्राधिकरणले नवौ तहका २२ जना,आठौं तहका ३५ र सातौं तहका १२९ गरी देशभरका वितरण केन्द्र, प्रदेश कार्यालय, महाशाखा र विभिन्न आयोजना कार्यालयमा कार्यरत कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो ।
सरुवाको सूची अनुसार उप–प्रबन्धकस्तरका अवधेश कुमार दुवे वीरगञ्ज वितरण केन्द्रबाट जनकपुर वितरण केन्द्रमा सरुवा भएका छन् ।

बिज्ञापन

यस्तै इन्द्रबहादुर जिसिलाई नुवाकोट वितरण केन्द्रबाट खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशप शाखामा सुरुवा भएको छ । उमेशप्रसाद यादव मलंगवा वितरण केन्द्रबाट सिन्धुली वितरण केन्द्रमा र चुटुन कुमार श्रीवास्तव महेन्द्रनगर वितरण केन्द्रबाट हेटौंडा वितरण केन्द्रमा सरुवा भएका छन् ।

प्राधिकरणले उप–प्रबन्धकदेखि इन्जिनियर तहसम्मका प्राविधिक तथा प्रशासनिक जनशक्तिलाई विभिन्न प्रदेश तथा वितरण केन्द्रमा पुनःव्यवस्था गरेको छ ।
सरुवामा मन्त्री,सचिवदेखि कार्यकारी र कर्मचारी ट्रेड युनियनका समेत आ आफ्नै सूची हुँदा सरुवामा लफडा हुँदै आएको थियो । लामो रस्साकस्सी पछि सरुवाको सूची बल्ल सार्वजनिक गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष