तीनको मृत्यु,१३० बढी घाइते,अस्पतालले भन्यो ‘घाइते धेरै भए व्यवस्थापन गर्न गाह्रो भयो’

जेन–जी प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट अहिलेसम्म तीन जनाको ज्यान गएको छ भने घाइते हुनेहरूको संख्या १३० भन्दा बढी पुगेको छ।

बिज्ञापन

मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको र ट्रामा सेन्टरमा १ जना गरी तीन जनाको ज्यान गएको छ ।

बिज्ञापन

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित बनेका ‘जेनजी’हरुले सोमबार राजधानी केन्द्रित प्रर्दशन गरेका थिए । अहिले यो प्रर्दशन राजधानीका अलवा देशका मुख्य शहरहरुमा भइरहेको छ । माइतीघरबाट प्रदर्शन सुरु गरेका जेनजीहरुले बानेश्वरमा निषेधित क्षेत्र तोड्दै संसद भवन घेराउ गरेका छन् ।
प्रर्दशनकारीहरु घाइते हुने क्रम थपिँदै गएपछि निजामती अस्पतालले घाइते धेरै भएका कारण सबैको उपचार गर्न असमर्थ देखिएको भन्दै अन्यत्र रिफरका लागि एम्बुलेन्स पठाउन आग्रह गरेको छ।

अस्पतालले इमर्जेन्सीले नधानेपछि ओपीडीमा समेत राखेर उपचार भइरहेको छ।अस्पतालका निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार घाइतेहरूको संख्या १३० भन्दा बढी पुगेको हो। त्यसमध्ये १० जना प्रहरी रहेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष