सूचना विभागको महानिर्देशकमा राना

सूचना विभागमा महानिर्देशकमा उदयबहादुर राना नियुक्त भएका छन् ।

बिज्ञापन

यस अघिका महानिर्देशक प्रदीप परियारविरुद्ध गत जेठ २८ मा अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेसँगै विभाग निमित्त डिजीको भरमा चल्दै आएको थियो । विभागले झण्डै तीन महिना पछि महानिर्देशक पाएको हो ।
नुवाकोट स्थायी ठेगना भएका राना यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए । उनलाई राजश्व अनुसन्धान विभागको महानिर्देशक बनाउने तयारी थियो तर त्यहाँ तिर्थराज चिलुवालले बाजी मारे ।

बिज्ञापन

यस्तै प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरणबाट सुमन दाहाल अर्थ मन्त्रालयमा पुगेसँगै रानालाई सम्पत्ति शुद्धीकरणमा खटाइने आँकलन गरिएको थियो तर त्यहाँ कृष्ण प्रसाद मैनालीलाई पठाइएको छ ।

मैनाली यसअघि बागमती प्रदेशको आर्थिक मन्त्रालयको सचिव थिए। उनले बिहीबारदेखि विभागमा कार्यभार सम्हालिसकेका छन् ।
रानालाई अस्ति भएको सरुवामा सञ्चार मन्त्रालयमा खटाइएको थियो । यस अघि झापाका प्रमुख जिल्ला अधिकारी हुँदै हङकङको महावाणिज्यदूत नियुक्ति भएका रानाले यसअघि गुल्मी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही र काभ्रेको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सूचना विभागको महानिर्देशकमा राना

नेपाल रिइन्योरेन्स सुरेन्द्र,नेप्सेमा बस्याल

कुलिङ पिरियडमा कीर्ते गरेका रामहरिलाई संवैधानिक अंगका प्रमुख र पदाधिकारी छान्ने समितिको जिम्मेवारी

१३ हजार घुस खाने करारका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सरू समको गजल

यस बर्ष भेटिएला त सर्वोत्कृष्ट निजामती कर्मचारी ? मुख्य सचिव भन्छन् : ‘खोज्दै छौं’

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

उपमहानगरपालिकामाथि कहिलेसम्म उपेक्षा ?

बिशेष