संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध चयन भएका छन् ।
बिज्ञापन
राज्य व्यवस्था सुशासन समितिमा रहँदा कुलिङ पिरियडमा छलछाम गरेको भन्दै संसदीय विशेष छानबिन समितिले दोषी करार गरेपछि राजीनामा दिएका रामहरि खतिवडालाई फेरि अर्को समितिमो सभापति बनाइएको हो । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।
बिज्ञापन
गत साउन २७ मा बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका थिए । खतिवडाले राजीनामा दिइसँगै समितिको सभापति ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिमा सारिएको छ भने खतिवडालाई सो समितिको सदस्य बनाइएको थियो ।
समितिको यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो ।
बिज्ञापन
विगतमा नैतिकता देखाएर राजीनामा घोषणाको तीन साता नपुग्दै खतिवडालाई संवैधानिक अंगका प्रमुख र पदाधिकारी तथा राजदूतहरुको सुनुवाई गरेर अनुमोदन गर्ने संघीय संसदको संयुक्त समिति सभापति बनाइएको हो ।
कर्मचारीको बदमासीका कारण राजीनामा दिन परेकाले रामहरिमाथि अन्याय भएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई मन्त्री बनाउन चाहेको बुझिन्थ्यो । तर, पार्टीको आन्तरिक समीकरण नमिलेपछि मन्त्री हेरफेरतिर नलागेका देउवाले सुनुवाई समितिको सभापतिमा लगेका हुन ।