कर्मचारीको अवकासको उमेर हद सम्बन्धी मेरो प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा थिएनः मन्त्री न्यौपाने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको उमेर हद सम्बन्धी आफुले यस अघि राखेको प्रस्ताव कसैको व्यक्तिष्त स्वार्थमा नभएको प्रष्ट पार्नु भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले छलफलकै क्रममा आफुले राखेको प्रस्ताव कुनै एक कर्मचारीको स्वार्थमा केन्द्रीत नभएको प्रष्ट पार्नु भएको हो ।

बिज्ञापन

‘बैठकमा छलफलको क्रममा अवकासको उमेर हदको विषयमा धेरै छलफल भयो, सबैले आफ्नो तर्क राख्नु भयो । मैले पनि सरकारको तर्फबाट आफ्नो धारणा र प्रस्ताव राखे, अनुरोध गरें । तर मेरो आफ्नो व्यक्तिगत स्वार्थ थिएन ।’ मन्त्री न्यौपानेले भन्नुभयो ‘कसैको स्वार्थ पुरा गर्ने नाममा अनुचित काम गर्दिन भन्ने मेरो अठोट नै रहेको छ ।’ सरकार र कर्मचारीको विचमा सुमधुर सम्बन्ध हुनुपर्छ भन्ने मान्यतामा आफु रहेको भन्दै मन्त्री न्यौपानेले कर्मचारीहरुको मनोबल कसरी उठाउन सकिन्छ भन्ने मनसायले अवकासको उमेर हद सम्बन्धी प्रस्ताव राखेको र कसैको व्यक्तिगत स्वार्थले काम नगरेको प्रष्ट पार्नुभयो ।

बिज्ञापन

‘धेरै छलफल र तर्क वितर्क ग¥यौं, सबै माननियहरुले आफुलाई लागेका कुराहरु छलफलको क्रममा राख्नुभयो । कतिपय कुराहरु समझदारी गरेर सरकारलाई लागेका कुराहरु पनि माननियहरुको भावना लाई बुझेर सरकारको तर्फबाट लचिलो बन्यौं ।’ मन्त्री न्यौपानेले भन्नुभयो ‘आमचासोको रुपपा रहेको कुलिङ अफ पिरिएडलाई राष्ट्रिय सभाले कसरी टुंग्याउँछ भन्ने चासो थियो, राष्ट्रिय सभाले के गर्छ भन्ने चासो थियो, त्यसलाई पनि हामिले सर्वसम्मतका साथ टुङग्यायौं ।’

संघीय निजामती बिधेयक यहि अधिवेशनमा जारी हुन्छ भन्ने आफुले पहिले देखी नै प्रतिबद्धता राखेको भन्दै मन्त्री न्यौपानेले बिधेयक जारी भएपछि प्रशासनिक संघियता कार्यान्वयन गर्न सहज हुने बताउनुभयो । हरेक प्रस्तावलाई सर्वसम्मत गर्ने समितिको विगतदेखीकै परम्परा रहेको र यसपटक पनि हरेक प्रस्तावलाई सर्वसम्मती मै टुङग्याउने पहल भएको भन्दै उहाँले प्रस्वतामा बहुमत र अल्पमत गरेर टुङग्याउनु पर्ने पक्षमा आफु नभएको बताउनुभयो । ‘मत विभाजन गर्ने पक्षमा म छैन । प्रतिनिधि सभाले जसरी पास गरेर पठाएको छ, त्यसरी नै जाउँ ।’ मन्त्री न्यौपानेले भन्नुभयो ‘अवकासको उमेर प्रतिनिधि सभाले पठाए अनुसार नै आत्मसात गरेर जाउँ । यो बिधेयकलाई आज पारित गरेर जाउँ ।’
मन्त्री न्यौपानेले सरकारको धारणा राखेपछि राष्ट्रिय सभाको बिधायन व्यवस्थापन समितिले कर्मचारीको उमेर हदसम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा टुङग्याएको छ । नयाँ व्यवस्था अनुसार, ऐन प्रारम्भ भएको आर्थिक वर्षमा ५८ वर्ष पूरा गर्ने कर्मचारीले ५८ वर्षमै अवकाश पाउनेछन् । तर दोस्रो आर्थिक वर्षमा ५८ वर्ष पूरा गर्नेहरूले ५९ वर्षमा अवकाश पाउनेछन् भने तेस्रो आर्थिक वर्षदेखि ६० वर्षको अवकाश उमेर लागू हुनेछ ।
‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ मंगलबारको बैठकमा पेस गर्ने तयारी छ । समितिको बैठकबाट प्रतिवेदन पारित गरी समितिकी सभापति तुलसाकुमारी दाहालले राष्ट्रियसभामा पेस गर्ने कार्यसूची राखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेशका ६९ कर्मचारीको सरुवा

यी प्रावधान उल्टाउँदै राष्ट्रिय सभाबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

निजामती कर्मचारीलाई कार्यालय समय बाहिर लोकसेवा तयारी कक्षा पढाउन अनुमति

लेखाका ५५ कर्मचारी काज सरुवा

ऊर्जामा सचिव पद: तीन सहसचिवबीच रोचक प्रतिस्पर्धा

कर्मचारीको अवकासको उमेर हद सम्बन्धी मेरो प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा थिएनः मन्त्री न्यौपाने

सरकार पछि हटेपछि निजामती विधेयकको गाँठो फुक्यो

बिशेष