थप ३ सय कर्मचारीको दरबन्दी कटौती

गण्डकी प्रदेश सरकारले थप ३ सयभन्दा धेरै कर्मचारीको दरबन्दी कटौती गरेको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नयाँ ओएनएम सर्वेक्षण पारित गरेसँगै थप तीन सय कर्मचारी कटौती हुने भएका हुन ।

बिज्ञापन

यस अघि खर्च कटौती गर्न भन्दै गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित खारेज गरेको थियो । यस्तै सरकारले ३२ वटा निकायहरूलाई भाभेर १७ वटा १७ वटामा झार्दा कार्यालय खारेज र गाभ्दा १ सय ८५ जना कर्मचारीको दरबन्दी कटौती भएको गण्डकी प्रदेश सरकारले जनाएको थियो ।

बिज्ञापन

यस अघि १८५ कर्मचारी कटौती हुँदा अधिकृतस्तरका ४१, सहायकस्तरका ९६ र श्रेणीविहीन ४८ कर्मचारीको दरबन्दी कटौती भएको थियो ।

संरचना र दरबन्दी खारेज गर्दै मन्त्रिपरिषदको बैठकले १ महिनाभित्र नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण गर्ने निर्णय अनुसार हिजो बसेको मन्त्रिपरिषद्को बैठकले बैठकले ओएनएम पारित गरे सँगै तीन सय थप कर्मचारीको दरबन्दी कटौती हुने जनाइएको छ ।

बिज्ञापन

संघीय सरकारबाट २ हजार ६७९ जनाको कर्मचारी दरबन्दी स्वीकृत भए पनि गण्डकीमा करिब ३२ सय दरबन्दी पुर्‍याइएको छ । मुख्यमन्त्री पाण्डेले ४ सय ८५ जना कर्मचारीको दरबन्दी कटौती गरेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामतीमा कति छन नक्कली प्रमाणपत्रधारी ? बर्ष दिनमै थपियो ५४२ उजुरी

१९ वर्षको प्रतीक्षा : नायव सुब्बाको वृत्तिविकासमा अवरोध र सुधारको अपरिहार्यता

उल्टो बयान दिएपछि सरकारी साक्षीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

मन्त्री इङ्नामको अनुभव : भूमिभन्दा सहरीका कर्मचारी भ्रष्ट

महानिर्देशक पोखरेलको पहल: राष्ट्रिय कितावखानाको ई–पेन्सन प्रणालीले ल्यायो प्रशासनिक क्रान्ति

निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च,प्रति मतदाता औसत २८४ रुपैंया

चैत्र १२ मा नवनिर्वाचित सांसदहरूको शपथ लिने,प्रधानमन्त्रीको शपथ भोलिपल्ट

मन्त्री खनालले आजदेखि मन्त्रिस्तरीय निर्णय नगर्ने : ६ महिनामा कहाँ थपियो,कता- कता काटियो दरबन्दी ?

बिशेष