मुख्य सचिवका प्रवल दावेदार सुवेदीले चार महिना अगावै दिए राजीनामा

सरकारले सचिव भरतमणि सुवेदीको राजीनामा स्वीकृत गरेको छ । चार महिना सेवा अवधि बाँकी रहँदै सचिव सुवेदीले दिएको राजीनामा हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।
मुख्य सचिवको प्रवल दावेदारका रुपमा हेरिएका सचिव सुवेदीले हठात पदबाट राजीनामा दिएका हुन । सुवेदी पाँच बर्ष सेवा अवधि पूरा गरेर आगामी पुसमा मात्र अनिवार्य अवकाशमा जाने थिए तर चार महिना सेवा अवधि बाँकी रहेका र मुख्य सचिवका प्रवल दावेदार मानिएका उनको हठात राजीनामालाई अनेकन कोणबाट हेर्न थालिएको छ ।

बिज्ञापन

त्यस अगाडि नै वर्तमान मुख्य सचिव एकनारायण अर्याल आगामी मंसिरमा अनिवार्य अवकाशमा जानेछन् । सिनियरका आधारमा मुख्यसचिव अर्याल अनिवार्य अवकाशमा गएसँगै मुख्य सचिवका प्रवल दावेदार मानिएका सुवेदीले हठात राजीनामा दिएका हुन ।

बिज्ञापन

सुवेदी हाल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रहेका भरतमणि सुवेदीले सचिवको जिम्मेवारीमा रहेका छन् । यस अघि निर्वाचन आयोग,सामान्य प्रशासन मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिव चलाइसकेका र भावी मुख्य सचिवका प्रवल दावेदार मानिएका सुवेदीको हठात राजीनामा दिएका हुन ।
उसो त यसरी जागिर अवधि बाँकी छँदै पदबाट राजीनामा दिने प्रवृत्ति पछिल्लो समयमा बाक्लिदो छ । निजामती किताबखानाको तथ्यांक अनुसार पछिल्लो १० बर्षमा ३२ जना सचिवहरुले जागिर अवधि बाँकी हुँदै पदबाट राजीनामा दिएका छन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

रङ फेर्दै सत्ता नजिक : विवादित सचिव सिग्देल भौतिक मन्त्रालय ताक्दै

डिजाइन फेरबदलदेखि ठेक्का विवादसम्म : प्रजापतिमाथि छानबिनको माग

१५ ऐन खारेजीका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन,२० दिनभित्रै प्रतिवेदन बुझाइने

५०० कार्यालय खारेजी,२२ सय कर्मचारीको दरबन्दी कटौती,काम नगर्नेलाई बिदा

बिशेष