वर्तमान काँग्रेस एमाले गठबन्धनको सरकारबाट दुई मन्त्री फिर्ता हुने भएका छन् ।
एमाले र काँग्रेसले मन्त्री मण्डल पुर्नगठन गर्ने चर्चा बारम्बार उठेर रोकिदै आए पनि सोही गठबन्धनमा सामेल रहेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको हो । पार्टीको बैठकले सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएर दुई जनालाई नयाँ मन्त्रीका रुपमा पठाउने तयारी गरेको हो ।
बिज्ञापन
यी दुबै मन्त्रीले आगामी बुधबारभित्र राजीनामा दिन लगाउने र नयाँ दुई जनालाई मन्त्रीको रुपमा पठाउने पार्टीले निर्णय गरेको हो ।
बिज्ञापन
सो पार्टीबाट अहिले सरकारमा खानेपानी मन्त्री प्रदीप यादव र महिला बालबालिका मन्त्री नवलकिशोर साह सहभागी छन् । यी दुईलाई फिर्ता बोलाएर डा वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको उनले बताए । जनता समाजवादी पार्टीले सरकारमा सहभागी दुई मन्त्रीहरू फेरबदल गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पठाएको छ । अध्यक्ष अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको निर्णय भन्दै पत्र पठाएका थिए ।
जसपाले खानेपानीमन्त्री प्रदीप यादवको स्थानमा वीरेन्द्र महतो र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीको ठाउँमा रञ्जु झालाई पठाउनेगरी निर्णय गरेको हो । शनिबार बसेको पार्टीको उक्त निर्णयको औपचारिक प्रस्ताव प्रधानमन्त्रीलाई बुझाएको हो ।
बिज्ञापन
सो पार्टीका नेताहरुका अनुसार यस अघि सरकारमा सहभागी हुँँदा नै एक वर्षका लागि भनेर पठाइएको हुँदा सोही निर्णय कार्यान्वयन गर्ने खोजिएको हो यादवको ठाउँमा मन्त्री बनाउन खोजिएका वीरेन्द्र यस अघि नै वन मन्त्री बनिसकेका थिए । उनी अर्वपति उपेन्द्र महतोको नातेदार हुन ।
सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसकै पनि मन्त्रीहरू फेरबदलको चर्चा चलिरहेको छ ।श्रम मन्त्री शरद्सिंह भण्डारीलाई समेत फिर्ता बोलाउने तयारी भएको भनिए पनि अहिले सम्म उनी थमौती भइरहेका छन् भने यस अघि एमालेले अर्थमन्त्री विष्णु पौडेल,सञ्चारमन्त्री पृथ्वी सुव्वा गुरुङ,शिक्षा मन्त्री रघुजी पन्त र सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने बाहेकका मन्त्रीहरु हेरफेर गर्ने चर्चा एमालेभित्रै व्यापक थियो यद्यपि एमालेबाट समेत बाँकी मन्त्रीहरु फिर्ता गराउन सकिएको छैन भने काँग्रेस सभापति शेरबहादुर देउवा मन्त्रीमण्डल पुर्नगठन गर्ने बिषयप्रति नकरात्मक भएका कारण मन्त्रीमण्डल पुर्नगठन हुन नसकेको बताइन्छ ।