कार्यालय समयमा कमरेड कर्मचारीहरूको छमछमी

कार्यालय समयमा नै कर्मचारीहरू पार्टी भेन्युमा छमछमी नाचिरहेको दृश्यले सेवाग्राहीहरू आक्रोशित बनेका छन् । नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय निजामती कर्मचारी संगठनका महिला नेत्री तथा कर्मचारीहरूले नेपाल राष्ट्रिय कर्मचारी महासंघको आयोजनामा आयोजित तीज विशेष कार्यक्रममा कार्यसमयमै सहभागिता जनाएका हुन् ।

बिज्ञापन

 

बिज्ञापन

राजधानीको क्रिस्टल पार्टी भेन्युमा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम बिहान ११ बजेदेखि सुरु भई दिनभरजसो चल्यो । निजामती कर्मचारीहरूको कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भए पनि, १० बजे हाजिर गरेरै कर्मचारीहरू कार्यक्रममा रमाइरहेका थिए ।

 

बिज्ञापन

कार्यक्रममा नाचगान, गीत–संगीत र तीज विशेष प्रस्तुतिहरू भइरहँदा सेवाग्राहीहरू चाहिँ कार्यालय धाएर निराश बनेका थिए । सेवाग्राहीहरूले “कार्यालय समयमै कर्मचारीहरू पार्टीमा रमाउँदा हामीलाई जरुरी सेवा लिन अप्ठ्यारो भएको छ” भन्दै असन्तोष पोखेका छन् ।

 

महिला महान पर्व तीज नजिकिँदै गर्दा उत्सवमय माहोल बनाउने बहानामा कार्यालय समयमै कर्मचारीलाई ठूलो संख्यामा परिचालन गरिनु गैरजिम्मेवार व्यवहार भएको भन्दै आलोचना भएको छ । यसरी सेवाग्राही मारमा पर्दा पनि निगरानी गर्ने जिम्मेवारी लिएको राष्ट्रिय सतर्कता केन्द्र भने मौन बसेको देखिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काँग्रेसी कलह : निजामती कर्मचारी युनियनपछि स्वास्थ्यकर्मी संघमा लफडा

बजेट निर्माण प्रक्रिया सुरु : समपूरक- विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

विवादित सहसचिव आचार्यको महानिर्देशक बन्ने चलखेल, वैदेशिक रोजगार फेरि ‘सेटिङ’ को प्रयोगशाला बन्दै

रिक्त तीन विभागको महानिर्देशकमा क- कस्को सम्भवना ?

म डिभोर्सी हूँ!

भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

आठ सिडिओ बाहिरिए, सात सहसचिव भित्रिए

प्रदेशबाट ११ सहसचिव सिंहदरबार भित्रिदा एक पुगे स्थानीय तह

बिशेष