तीन दशक निजामती सेवा,अवकाशको मुखमा अपमानजनक सरुवा

सरकारले निजामती सेवा ऐन विपरित अवकाशको मुखमा रहेका आधा दर्जन सहसचिवहरुलाई सरुवा गरेको छ ।
गत साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार एकै लटमा ७२ सहसचिवहरु चलाइँदा अवकाशको मुखमा रहेका आधा दर्जन सहसचिवहरु समेत हेरफेर गरिएको हो । जीवनका तीन दशक उर्जाशील समय निजामती सेवामा बिताएका कर्मचारीहरुलाई अवकाशको डिलमा अपमानजनक ढंगबाट ऐन विपरित सरुवा गरिएको हो ।

बिज्ञापन

सामान्यतया अवकाशको मुखमा रहेका कर्मचारीहरुको सरुवा गर्ने प्रचलन छैन। निजामती सेवा ऐन विपरित सहसचिवहरु कुमार प्रसाद दाहाल,गणेशराज वस्ति,ज्ञानप्रसाद ढकाल,लालवावु कवारी लगायतका सहसचिवहरुलाई अवकाशको मुखैमा सरुवा गरिएको छ ।

बिज्ञापन

विचौलिया र कालाबजारीयाहरुविरुद्ध एक्सन लिइरहेका सहसचिव कुमार दाहाललाई पाँच महिनामै उपभोक्ता हित संरक्षण विभागबाट समावेशी आयोगमा थन्काइएको छ । यस्तै अवकाशको तीन महिना अवधिमात्र बाँकी रहेका इ गणेशराज वस्तीलाई शहरी विकास मन्त्रालयबाट मधेश प्रदेशतिर ठेलिएको छ । कुमार र इ वस्ति एकै दिन आगामी मंसिर १४ मा अनिवार्य अवकाशमा जाँदै छन् । यस्तै आगामी मंसिर पहिलो साता अवकाशमा जान थालेका ज्ञानप्रसाद ढकाललाई रक्षा मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा लगिएको छ । यस्तै मंसिर महिनामा अवकाश हुन लागेका गृहको जगेडामा रहेका सहसचिव लालबाबु कवारी मधेश प्रदेशतिर अपमानजनक ढगले सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ, मोबाइल र कागजात पनि बरामद

नर्स र डाक्टरलाई सरकारी सरह पारिश्रमिकता दिन मन्त्रालयको निर्देशन

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

महरालाई भोली अदालतमा बुझाउने तयारी

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ

निमित्त प्रशासकीय अधिकृत,लेखापालसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

बिशेष