तीन दशक निजामती सेवा,अवकाशको मुखमा अपमानजनक सरुवा

सरकारले निजामती सेवा ऐन विपरित अवकाशको मुखमा रहेका आधा दर्जन सहसचिवहरुलाई सरुवा गरेको छ ।
गत साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार एकै लटमा ७२ सहसचिवहरु चलाइँदा अवकाशको मुखमा रहेका आधा दर्जन सहसचिवहरु समेत हेरफेर गरिएको हो । जीवनका तीन दशक उर्जाशील समय निजामती सेवामा बिताएका कर्मचारीहरुलाई अवकाशको डिलमा अपमानजनक ढंगबाट ऐन विपरित सरुवा गरिएको हो ।

बिज्ञापन

सामान्यतया अवकाशको मुखमा रहेका कर्मचारीहरुको सरुवा गर्ने प्रचलन छैन। निजामती सेवा ऐन विपरित सहसचिवहरु कुमार प्रसाद दाहाल,गणेशराज वस्ति,ज्ञानप्रसाद ढकाल,लालवावु कवारी लगायतका सहसचिवहरुलाई अवकाशको मुखैमा सरुवा गरिएको छ ।

बिज्ञापन

विचौलिया र कालाबजारीयाहरुविरुद्ध एक्सन लिइरहेका सहसचिव कुमार दाहाललाई पाँच महिनामै उपभोक्ता हित संरक्षण विभागबाट समावेशी आयोगमा थन्काइएको छ । यस्तै अवकाशको तीन महिना अवधिमात्र बाँकी रहेका इ गणेशराज वस्तीलाई शहरी विकास मन्त्रालयबाट मधेश प्रदेशतिर ठेलिएको छ । कुमार र इ वस्ति एकै दिन आगामी मंसिर १४ मा अनिवार्य अवकाशमा जाँदै छन् । यस्तै आगामी मंसिर पहिलो साता अवकाशमा जान थालेका ज्ञानप्रसाद ढकाललाई रक्षा मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा लगिएको छ । यस्तै मंसिर महिनामा अवकाश हुन लागेका गृहको जगेडामा रहेका सहसचिव लालबाबु कवारी मधेश प्रदेशतिर अपमानजनक ढगले सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

बिशेष