रातो रङ

वीरताको प्रतीक हो रातो रङ
सायद त्यसैले होला,
देशको झन्डामा छ रातो रङ
रातो नै छ राष्ट्रिय फूल लालिगुराँस
रातो नै सिम्रिक छ राष्ट्रिय रङ।

बिज्ञापन

प्रेम र शुद्धताको प्रतीक हो रातो रङ
नारी सौभाग्यको प्रतीक हो सिन्दूर र रातो रङ
त्यसैले त,
प्रेमको प्रतीक गुलावको छ रातो रङ ।
तर,
किन अशुद्ध हुन्छ ?
रजस्वलाको रगतको रातो रङ
किन वर्जित हुन्छ ?
विधवालाई रातो सारी र रातो रङ
किन खोसिन्छ ?
श्रीमानको मृत्युपछि
नारी सौभाग्यको सिन्दूर र रातो रङ
खै, हुँदैन रैछ वीरताको प्रतीक रगतको सबै रातो रङ ।
हुँदैन रैछ सबैको सौभाग्य सिन्दूर र रातो रङ ।

बिज्ञापन

दिप्रुङ चुइचुम्मा-५, नारांगा, खोटाङ

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका पहारी एमाले अनुशासन आयोगको अध्यक्ष

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

बिशेष