कार्यसम्पादन सम्झौताको कर्मकाण्ड सम्पन्न

प्रधानमन्त्री र मन्त्रीहरुबीचको कार्यसम्पादन सम्झौताको हस्ताक्षर पछि मन्त्री र सचिवहरुबीचको कार्यसम्पादन सम्झौता हस्ताक्षर गर्ने क्रम शुरु भएको छ ।

बिज्ञापन

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग २ उपप्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेसँगै आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले  मन्त्रालय र मातहत रहेका तीन सचिवहरुसँग आज कार्यसम्पादन सम्झौता गरेका हुन । आजको कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो ।

बिज्ञापन

यसैबीच मुख्यसचिव एकनारायण अर्याल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मातहतका निकायका सचिवहरूबीच शुक्रबार वार्षिक कार्य सम्झौता सम्पन्न भएको छ ।

दशकअघि सचिव र सहसचिव स्तरका कर्मचारीहरुबाट शुरु भएको कार्यसम्पादन सम्झौता अहिले प्रधानमन्त्री मन्त्री,मन्त्री सचिव तहमा पुगेको भए पनि यस्ता सम्झौता कर्मकाण्डी बनेको पूर्व प्रशासकहरु अनुभव सुनाउँछन् ।

बिज्ञापन

हरेक बर्ष प्रधानमन्त्रीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवसँग कार्यसम्पादन सम्झौता गर्दै आएका छन् तर यो कार्यसम्पादन सम्झौता कर्मकाण्ठ बनिरहेको टिप्पणी सुन्न पाइन्छ । हरेक बर्ष यस्तो सम्झौता गरिए पनि कार्यसम्पादन सम्झौता कर्मकाण्डी हुँदा परिणाम देखिन सकेको छैन ।
‘कार्यसम्पादन सम्झौताका आधारमा हरेक ६ महिनामा रिर्पोट समेत सार्वजनिक हुँदै आएको छ तर कमजोर कार्यसम्पादन गर्ने न त मन्त्रीहरु हटाइएका छन् न त उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी पुरस्कृत । उसैगरी नतिजा अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारबीलाई तीन तीन महिनामै भकुण्डो बनाइएको र कमजोर कार्यसम्पादन भएका कर्मचारीलाई राजनीतिक तथा आर्थिक चलखेलका आधारमा लामो समय एउटै कार्यालयमा राखिरहेको उदाहरण निजामती प्रशासनभित्र खोज्दै जाने हो भने प्रशस्त भेटिन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नर्स र डाक्टरलाई सरकारी सरह पारिश्रमिकता दिन मन्त्रालयको निर्देशन

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

महरालाई भोली अदालतमा बुझाउने तयारी

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ

निमित्त प्रशासकीय अधिकृत,लेखापालसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

बिशेष