गृहमन्त्रीका भतिज नापी प्रमुख अख्तियारको टार्गेटमा

नापी कार्यालय काठमाडौं कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेपछि सो कार्यालयका प्रमुख नापी अधिकृत केशवराज लेखक पनि अख्तियारको टार्गेटमा परेका छन्।

बिज्ञापन

आयोगका अनुसार काठमाडौं महानगरपालिका–१३, चन्द्रागिरीस्थित जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा टोली खटाइएको थियो।

बिज्ञापन

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पक्राउ परेका कुँवरको साथबाट घुसस्वरूप लिइएको १३ हजार रुपैयाँ र मोबाइल बरामद भएको छ। साथै, प्रमुख लेखकको मोबाइल फोन दुई थान र सर्भेक्षकको मोबाइल एक थान पनि बरामद गरिएको छ।

कार्यालय प्रमुखकै मोबाइल बरामद भएपछि यो प्रकरण पेचिलो बनेको छ। अख्तियार स्रोतका अनुसार, कुँवर पक्राउ परेसँगै प्रमुख लेखकलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारी भइरहेको छ।

बिज्ञापन

उल्लेखनीय छ, प्रमुख लेखक गृहमन्त्री रमेश लेखकका आफ्नै भतिज हुन्। यो पृष्ठभूमिमा प्रकरण राजनीतिक रूपमा समेत संवेदनशील बनेको छ र अख्तियारको निगरानी अब प्रत्यक्ष रूपमा नापी प्रमुखमाथि केन्द्रित हुने देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

बिशेष