राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन दवाव पर्ने भएको छ ।
काँग्रेसकै सांसद जीवन परियार संयोजक रहेको संसदीय छानविन विशेष समितिले संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको चलखेलमा नैतिक जिम्मेवार ठहर्याएपछि पार्टीभित्र र बाहिरबाट उनी दबाबमा परेका खतिवडालाई काँग्रेस पार्टीबाटै राजीनामा दिन निर्देशन दिने तयारी भएको काँग्रेस स्रोतले जनाएको छ ।
बिज्ञापन
यस अघि कुलिङ पिरियडको प्रावधान निस्क्रिय पार्ने रामहरि खतिवडाको भूमिका रहेको र प्रतिवेदनको अन्तिम हस्ताक्षरकर्ता भएको नाताले नैतिक रुपमा रामहरि खतिवडा जिम्मेवार रहेको ठहराएसँगै विपक्षी सांसदहरुले राजीनामा माग्दै आएका थिए नै कांग्रेसभित्रै पनि खतिवडाको भूमिकालाई लिएर एकथरी नेता असन्तुष्ट देखिएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले छानविन समितिको प्रतिवेदनको मर्म अनुसार यसबारे पार्टीले निर्णय लिने प्रतिक्रिया दिएका थिए ।
बिज्ञापन
सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिनुपर्ने पक्षमा काँग्रेसका शीर्ष नेतृत्वहरुबीच एक मत रहेको काँग्रेस स्रोतले जनाएको छ । आज वा भोलिभित्रैमा रामहरि खतिवडालाई सभापति पद छाड्न निर्देशन हुनसक्छ,सो स्रोतले भन्यो ।