त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन संसदीय समितिको निर्देशन

संसदीय समितिले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरस्थित कीर्तिपुरको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको आज सिंहदरबारमा बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।

बिज्ञापन

समितिका सभापति ठाकुरप्रसाद गैरेले गत साउन १२ गते समितिले स्थल अवलोकन गरेको स्मरण गराउँदै त्यसयता मैदानमा भएको कामको विस्तृत विवरण तत्काल समितिलाई बुझाउन निर्देशन दिएका छन्। उनका अनुसार समितिले सम्बन्धित निकायलाई पत्राचारमार्फत् जानकारी माग्ने निर्णय समेत गरेको छ।

बिज्ञापन

हाल मैदान स्तरोन्नतिको अन्तर्गत प्यारापिट निर्माण, फ्लडलाइट जडानजस्ता कामहरू भइरहेका छन्। तर काम ढिला हुँदा निर्माण कम्पनीलाई हर्जाना तिराउने शर्तअनुसार कार्य अघि बढिरहेको समितिले जनाएको छ।

प्यारापिट निर्माणका लागि बीकेओआई–केसीडीसी–बीजीको संयुक्त संस्था (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले ठेक्का लिएका छन्। यी कम्पनीहरूसँग संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले क्रमशः फागुन १९ र २२ गते सम्झौता गरेको थियो।

बिज्ञापन

समितिले स्थलमै पुगेर निरीक्षण गरेपछि कामको गति र गुणस्तरमा चासो बढाएको हो। सभापति गैरेका अनुसार सार्वजनिक लगानीमा निर्माणाधीन संरचनाको समयमै प्रगति र पारदर्शिता सुनिश्चित गर्नु समिति र संसदको दायित्व हो।

सरकार र निर्माण कम्पनीबीचको सहकार्यले अपेक्षित समयमा मैदान तयार हुने समितिको अपेक्षा छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रुग्ण ठेक्का व्यवस्थापन : ‘अब माया होइन, काम चाहिन्छ’: महानिर्देशक जैसी

आठ सचिवहरूको सरुवा

यी हुन् मन्त्रिपरिषद्का १८ निर्णय (सूचीसहित)

अख्तियार आयुक्त किशोर सिलवाल अवकाशमा, आयोगमा एक पद रिक्त

लेखाका अधिकृत र उपसचिव गरी २० कर्मचारीको सरुवा

गर्भ रहेदेखि बच्चा नजन्मिँदासम्म के खाने, कस्ता गतिविधि गर्ने

इच्छाशक्ति, कल्पना र नवप्रवर्तन : समाज रूपान्तरणको आधार

सरुवा भएर गएका सचिव र उपसचिव अझैं सामान्य प्रशासनमा

बिशेष