नवौं र दशौं तहका २६ कर्मचारीको सरुवा

लुम्बिनी प्रदेश सरकारले प्रदेशका मन्त्रालय,कार्यालयमा कार्यरत नवौं र दशौं तहका कर्मचारीहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो गरेको सरुवा सूची अनुसार शिक्षा सेवाका ५ ,स्वास्थ्य सेवातर्फका ५, इञ्जिनियरिङ सेवाका ९ कर्मचारी र वन सेवाका  ७ गरी २६ जना कर्मचारीहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सूची अनुसार, प्रदेशले स्वास्थ्य सेवाका किशोर बञ्जाडेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कपिलबस्तु अस्पताल,प्युठान अस्पतालबाट मनिषा महर्जनलाई भीम अस्पतालमा खटाएको छ । यस्तै मोहम्मद नरुल होदालाई पृथ्वी चन्द्र अस्पतालबाट लुम्बिनी प्रादेशिक अस्पतालमा खटाइएको छ । सरुवाको सूची अनुसार,बृज कुमार यादवलाई पृथ्वी अस्पतालबाट रामपुर अस्पताल खटाइएको छ । यस्तै,ठग बहादुर गुरुङलाई स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशबाट स्वास्थ्य कार्यालय दाङ पुर्याइएको छ । स्वास्थ्य सेवाका ५ कर्मचारीको सरुवा हुँदा ९ औं तहका ४ र दशौं तहका एक जना सरुवा भएका छन् ।

यस्तै,नेपाल वन सेवाका ७ कर्मचारीको सरुवा गरेको छ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले । जसमा नारायणदेव भट्टराई डिभिजन वन,पाल्पाबाट अर्घाखाचीमा पठाइएको छ भने मोहन प्रसाद श्रेष्ठलाई अर्घाखाँचीबाट पाल्पा पुर्याइएको छ । यस्तै,डिभिजन वन कार्यालय (गौतमबुद्ध)बाट राजु क्षेत्रीलाई डिभिजन वन कार्यालय नवलपरासी पठाइएको छ । दाङ,देउखुरीबाट महेन्द्रराज वाग्ले डिभिजन वन कार्यालय कपिलवस्तु पुगेका छन् । जिवन पंगेनीलाई नवलपरासीबाट देउखुरी सारिएको छ भने रोल्पाबाट प्रेम शंकर चौधरी वुटवल झारिएको छ । यस्तै रुपन्देहीबाट यज्ञमुर्ति खनाललाई रोल्पा पुर्याइएको छ ।

बिज्ञापन

यस्तै शिक्षा सेवातर्फका ५ उपसचिवको सरुवा भएको छ । सरुवाको सूची अनुसार,सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशमा पदाधिकार रहेका हरिलाल अर्याललाई सामाजिक विकास डिभिजन कार्यालय पाल्पा पठाइएको छ । यस्तै,शिक्षा तालिम केन्द्र रुपन्देहीमा रहेका हिमलाल खनाललाई सरुवा गरेर शिक्षा तथा सामाजिक विकास निर्देशनालय,निर्देशनालयमा रहेका विष्णु भुषाललाई सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तु पठाइएको छ । मुख्यमन्त्री कार्यालयबाट ऋृषिराम शर्मालाई सामाजिक विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयबाट हरिकला सारुमगरलाई सामाजिक विकास मन्त्रालयमा खटाइएको छ ।

यस्तै इञ्जिनियरिङ सेवाका ९ कर्मचारी सरुवा भएका छन् ।सरुवाको सूची अनुसार,गुणनिधि पोखरेल खानेपानी तथा सरसफाई कार्यालय पाल्पा,आबिद हुसैन मियालाई पाल्पाबाट खानेपानी मन्त्रालय,महेश पोखरेललाई उर्जा जलश्रोत मन्त्रालयबाट सिँचाइ डिभिजन कार्यालय रुपन्देही,रुपन्देहीमा रहेका केशवराज रिजाललाई दाङ,सुरेन्द्र महर्जनलाई बाँके खटाइएको छ भने सडक पूर्वाधार विकास कार्यालय दाङबाट मनिष कुमार अर्याल यातायात निर्देशनालय रुपन्देही, यातायात पूर्वाधार निर्देशनालयमा रहेका गोविन्द प्रसाद खनाललाई मन्त्रालय सारिएको छ । यस्तै,मन्त्रालयबाट विनोद चौधरीलाई ग्रामीण सडक सुधार सञ्जाल आयोजना रुपन्देही पठाइएको छ । त्यहाँ कार्यरत रहेका नरेन्द्र कुमार केसीलाई सडक पूर्वाधार विकास कार्यालय दाङ लगिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

पर्यटन मन्त्रालयमा ‘रैथाने’ देखि करार सम्म १८ वर्षदेखि एउटै कुर्सीमा जमेका कर्मचारीहरु

बिशेष